सी चिनफिङद्वारा नेपाली प्रधानमन्त्री ओलीलाई सराहना

डिसेम्बर ३ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले लामो समययता चीननेपाल मैत्रीपूर्ण कार्यमा प्रयासरत् रहँदै आउनुभएकोमा प्रधानमन्त्री ओलीलाई सराहना गर्नुभएको छ। आगामी वर्ष चीन नेपाल दौत्य सम्बन्ध कायम भएको ७०औँ वार्षिकोत्सव हुने भएकाले नेपालसँग परम्परागत मित्रतालाई सुदृढ पारी विकास र समृद्धितिर उन्मुख हुने चीन नेपाल मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ विकसित पार्दै जान चीन इच्छुक रहेको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

 

प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भन्नुभयोआदरणीय राष्ट्राध्यक्ष सीआज तपाईँसँग भेटघाट गरेको सुअवसर पाएकोमा मलाई साह्रै खुसी लागेको छ। हाम्रा दुई देश बीच मित्रता मात्र रहेको र कुनै पनि समस्या छैन। हाम्रो सहयोगात्मक सम्बन्धको स्तर हिमालय जस्तै उच्च छ। चीनले टडकारो उपलब्धि प्राप्त गरेकाले हामी निकै प्रोत्साहित छौँ। किनभने ती उपलब्धिहरू चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व विशेषततपाईँको नेतृत्वमा प्राप्त गरेका हुन्। राष्ट्राध्यक्ष ज्यूतपाईँ यस युगमा रहनुभएका दीर्घ दृष्टि र जिवन्त शक्ति सहितको नेता हुनुहुन्छ। साथै तपाईँ नेपालका साँच्चिकै साथी पनि हुनुहुन्छ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button