चीन र नेपालबीच बीआरआई सहयोग फ्रेमवर्कमा हस्ताक्षर

डिसेम्बर ४ तारिख जन गणतन्त्र चीन सरकार र नेपाल सरकारबीच बेल्ट एण्ड रोड (बीआरआई)को निर्माणलाई बढाउने सहयोग फ्रेमवर्कमा हस्ताक्षर भएको छ। चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख लिउ सुश र नेपाली विदेश मन्त्रालयका कार्यवाहक स्थायी सचिव अमृत राईले छुट्ट-छुट्टै रूपमा दुई देशको प्रतिनिधित्व गर्दै हस्ताक्षर गर्नुभयो।
उक्त फ्रेमवर्क अनुसार, दुवै पक्षले साझा परामर्श, निर्माण तथा शेयरको सिद्धान्तको पालना गरी अर्थतन्त्र, बैकिङ, यातायात, रसद, व्यापार, लगानी, भन्सारलगायत मुख्य क्षेत्रमा व्यवहारिक सहयोगलाई सबल पार्नेछन्। चीन र नेपालबीच पारस्परिक राजनीतिक विश्वास र बीआरआईको उच्च गुणस्तरीय निर्माणको सहयोगलाई गहन पार्न यो फ्रेमवर्कमा हस्ताक्षरको महत्वपूर्ण अर्थ छ।
Cri