नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमणको उपलब्धि के हो?

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बर २ तारिखदेखि ५ सम्म चीनको भ्रमण गर्नुभयो। यो गत जुलाईमा उहाँ प्रधानमन्त्री नियुक्त भएपछि नयाँ कार्यकालमा भएको पहिलो चीन भ्रमण थियो।

 

त्यसो भएयो भ्रमणको उपलब्धि के हो?

१ उच्चस्तरीय वार्ता भएर द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाइएको छ।

 

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो भ्रमण चीन भनेर चीननेपाल सम्बन्धको विकासमा सकारात्मक प्रवृत्ति देखाइएको छ। चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्नुभयो। चीन र नेपालले “ जन गणतन्त्र चीन र नेपालको संयुक्त वक्तव्य” प्रकाशित गरेका छन्। चाइना मिडिया ग्रुपला विशेष अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले “राष्ट्राध्यक्ष सी चिनफिङसँग वार्ता गरेर द्विपक्षीय सम्बन्धबारे वैचारिक आदानप्रदान गरेको र रमाइलो अनि फलदायी वार्ता गरेको कुरा बताउनुभयो।

 

२. दुवै पक्षबीच बेल्ट एण्ड रोडको साझा निर्माण र विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोग व्यवहारमा उतारिएको छ।

 

भ्रमणको क्रममा दुई दिने अनौपचारिक वार्तापछि नेपाल र चीनबीच “बेल्ट एण्ड रोड” सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ। उक्त फ्रेमवर्कमा कनेक्टिभिटीदिगो विकास र जनताको जीवन तथा कल्याणला बढाउने विषयहरू समेटिएका छन्।

 

यो वर्ष “बेल्ट एण्ड रोड” इनिसिएटिभको दोस्रो सुनौलो दशकको सुरुवात हो। चीन र नेपालबीच यो सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेकोले भविष्यको “बेल्ट एण्ड रोड”को साझा निर्माण गर्नका लागि राम्रो सुरुवात गरेको छ।

३. विभिन्न तहका आदानप्रदानलाई बढाइएको छ

 

“जन गणतन्त्र चीन र नेपालको संयुक्त वक्तव्य”का अनुसार, पुस्तापुस्तामा मित्रताको उत्तराधिकार गर्नका लागि दुवै पक्षले युवाशिक्षासंस्कृतिपर्यटनरेडियो तथा टेलिभिजनअनलाइन श्रव्यदृश्य र थिङ्क ट्यांकलगायत क्षेत्रमा आदानप्रदान र सहयोगलाई थप मजबुत बनाउनेभगिनी शहरलगायत सबै तहका आदानप्रदानलाई गहन पार्नेदुई देशबीच जनस्तरको आदानप्रदानलाई अझ सुविधाजनक बनाउने छन्। संयुक्त वक्तव्य को व्यापक विषय धेरै आकर्षक छ। दुवै पक्षले बन्दरगाहको निर्माणलाई सबल पार्नेभन्सार क्लियरेन्सको सहजीकरण स्तरला माथि उकास्नेद्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोग र कर्मचारीको आदानप्रदानलाई बढाउने र सीमा क्षेत्रको सामाजिक र आर्थिक विकासमा सहयोग गर्ने सहमत भएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ। दुई पक्षबीच आर्थिक तथा व्यापारिक तथा कर्मचारी आदानप्रदानलाई सुविधा बनाउनका लागि दुवै पक्षले चीननेपाल नागरिक उड्डयन सम्बन्धको विकासलाई उच्च महत्व दिनुका साथै बजारको मागअनुसार चिनियाँ शहर तथा पोखरा र लुम्बिनीजस्ता नेपाली शहरबीच रुट तथा उडान खोल्न दुवै पक्षका हवाई यातायात व्यवसायीलाई समर्थन र प्रोत्साहन गर्ने छन्।

४. गामी वर्ष दौत्य सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउन राम्रो धार तय गरिएको छ।

 

आगामी वर्ष चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव हुनेछ। त्यस बेला दुई देशका सरकार र गैरसरकारी संस्थाहरूले विविध गतिविधिबाट उत्सव मनाउनेछन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चीनले चीनमा सन् २०२५ नेपाल पर्यटन वर्षको प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गर्न स्वागत गर्नुका साथै अझ बढी पर्यटकलाई नेपालको यात्रा गर्न प्रोत्साहन गर्ने स्पष्ट पारेको छ। नेपालमा विभिन्न गतिविधिको आयोजना गर्न नेपालले समर्थन दिनेछ।

 

यद्यपि हाल पैचिङमा कडा हिउँद ऋतु भए तापनि प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट चीन-नेपाल सम्बन्धको थप विकासको लागि वसन्तको हावा आइसकेको छ!

 

cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button