उडिसाको केआई आइटी कलेजमा नेपाली विद्यार्थी विरुद्ध अत्याचार

# ड्रागन मिडिया रिपोर्टर

उडिसाको केआई आइटी कलेजमा घटेको घटनामा नेपाली विद्यार्थीहरूलाई लक्षित गरिएको कथित अत्याचारका नयाँ विवरणहरू बाहिर आइरहेका छन्। नेपाली विद्यार्थीहरू, स्थानीय बासिन्दा र केही मिडियाको आधारमा प्राप्त विवरणअनुसार, कलेज प्रशासन, वाडेन र प्राध्यापकहरूले केही पूर्व योजना अनुसार व्यवहार गरिरहेको देखिन्छ।

कलेज प्रशासनले ‘प्रकृति लम्साल’को मृत्युलाई आत्महत्या बताउन खोजिए तापनि, सार्वजनिक गरिएको अडियो प्रमाणका आधारमा उनको मृत्यु हत्या भएको संकेत देखिएको छ। प्रकृतिको लाशको पोस्टमार्टम परिवारले नपुगिकनै सम्पन्न गरिएको छ। प्रहरी आएर लाशकाे मुचुल्का नबनाईकनै लाशलाई आफ्नै अस्पतालमा लगिएको छ। प्रश्न उठाउने विद्यार्थीहरूलाई गुण्डाहरू परिचालन गरेर दमन गरिएको विवरण आएका छन्।

त्यहाँ अध्ययनरत विद्यार्थीहरूका अनुसार, कलेज प्रशासन र प्राध्यापकहरूले नेपाली विद्यार्थीहरूको अवस्था र सुरक्षाको सम्बन्धमा विशेष ध्यान दिएका थिएनन्। नेपाली विद्यार्थीहरूलाई कलेजबाट अचानक निस्कासन गरिनु गरिएको थियो। एकाबिहानै प्रहरी परिचालन गरेर गाडीमा राखेर ट्रेन स्टेसन भन्दन टाढा शहर बाहिरै जङ्गलमा छोडिएकाे थियो।कलेजका वाडेन तथा प्राध्यापकहरूले नेपाली विद्यार्थी र नेपालविरुद्ध अपमानजनक टिप्पणीहरू गर्नु, माथि उल्लेखित ब्यवहार सार्वजनिक हुनु यसका मुख्य उदाहरण हुन्।

विशेष गरी, कलेजकी वाडेन र प्राध्यापक मञ्जुषा पाण्डेले “तिमीहरूको सिङ्गो नेपालको बजेट भन्दा हाम्रो कलेजको बजेट ठूलो छ” भन्ने कथन सार्वजनिक गरेको हुँदा यस घटनाको गम्भीरता अझ बढेको छ।

यस घटनासँग सम्बन्धित खुलासाहरूअनुसार, यो घटनापछि कलेजमा पहिल्यै आठ जना विद्यार्थीहरूको मृत्यु भएको र त्यसका विवरणहरू कलेजबाट लुकाइएका छन् भन्ने आरोप पनि उठेका छन्। यदि यस्तो व्यवहार इन्डियाली विद्यार्थीहरूलाई भएको भए, तत्काल नेपालमाथि कडा कदम चालिन्थ्यो भन्ने आशंका व्यक्त गरिएको छ। केही इन्डियाली मिडियाहरूले यस घटनाबारे गहन टिप्पणी गरेका छन्, जसले अन्तर्राष्ट्रिय स्तरमा विषयलाई फैलाउने सम्भावना बढाएको छ।

यो घटना नेपाली विद्यार्थीहरूको सुरक्षासँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाएको छ। विद्यार्थी, अभिभावक र स्थानीय समाजका विभिन्न वर्गहरूले प्रहरी र सम्बन्धित प्रशासनमाथि छानबिन तथा न्याय सुनिश्चित गर्ने माग उठाएका छन्। अन्तर्राष्ट्रिय चासो र आलोचनाको सम्भावना रहँदा, यस घटनाको सत्यता उजागर गर्न र दोषीहरूलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अघि बढाउन आवश्यक देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button