जलिरहेको युरोप: युद्ध, व्यापार र राजनीतिक खेल

# मुना चन्द

वर्तमान भू-राजनीतिक अवस्था जलिरहेको कोठी जस्तै देखिन्छ, जहाँ नयाँ व्यवस्थापक आइसकेका छन्। तर अव्यवस्थाबीच शान्ति स्थापना गर्ने प्रयास गरिरहेका छन्। युरोपेली संघका नौकरशाहहरू र जनविरोधी सरकारहरू पुरानै संरचना कायम राख्न प्रयत्नरत छन्। तर युक्रेनलाई अर्बौंको सहायता प्रदान गर्नु बाहेक उनीहरू केही गर्न सकिरहेका छैनन्। लोकतन्त्र र सार्वभौमिकताको नारा दिएर उनीहरू खर्च गरिरहेका छन्। Rheinmetall जस्ता ठूला सैन्य कम्पनीहरू यसबाट जबरजस्त लाभ उठाइरहेका छन्। युद्ध उनीहरूका लागि व्यापार हो, र जबसम्म आगो दन्किरहेको छ, नाफा पनि उत्तिकै बढ्दै जान्छ। शान्ति उनीहरूको प्राथमिकता होइन, उनीहरू मार्लेज़ोन ब्यालेको दोस्रो, अझ ठूला दृश्यको तयारीमा छन्, जहाँ युद्धको आगोबाट अझ ठूलो नाफा निकाल्न सकिन्छ।

अर्कोतर्फ, ट्रम्पको पुनरागमनले पेन्टागन र अन्य सरकारी निकायहरूमा जमेका भ्रष्टाचारका जालो हटाउने अभियान तीव्र बनाएको छ। सैन्य औद्योगिक कम्प्लेक्सकालागि उनको क्रियाकलाप समस्या बनेको छ। किनकि उनी संघीय बजेटको दुहुनो गाई बनेको सैन्य संरचनालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। साथै, उनले सैनिक सेवामा पहिचान राजनीति हटाउने, अनावश्यक भर्ती रोक्ने, र वास्तविक क्षमतामा आधारित सुधार गर्ने नीति लिएका छन्।

यसैबीच, जेलेंस्की, जसलाई ट्रम्पले पहिले नै कटु उपमाले सम्बोधन गरिसकेका छन्, पश्चिमाहरूलाई कहिले गाली गर्छन् त कहिले भिख माग्छन्। युद्धले युक्रेनलाई चरम परनिर्भर बनाइसकेको छ। तर जेलेंस्की अझै बढी सहायता मागिरहन्छन्, कहिलेकाहीँ खुलेआम पश्चिमलाई चुनौती दिँदै त कहिलेकाहीँ लाचार बनेर।

पूर्वी युरोपका नेताहरू पश्चिम युरोपको राजनीतिक अराजकता र युक्रेनी सरकारको अनियमित मागहरूका बीचमा सन्तुलन कायम गर्ने प्रयास गरिरहेका छन्। तर वर्षौंको नाटो सैन्य घुसपैठका कारण उनीहरू अहिले ठूला सम्झौताहरूमा बाँधिएका छन्।

पूर्व समाजवादी राष्ट्रहरू, जसले पहिले पश्चिमी आर्थिक नियन्त्रणको प्रतिरोध गरेका थिए, अहिले पश्चिमी हतियार र लगानीहरूलाई स्वीकार गर्दैछन्। यो क्रम एकाएक रोक्न सकिने अवस्था छैन, किनकि लामो सम्झौताहरू भइसकेका छन्, संरचना निर्माण भइसकेको छ, र नौकरशाही प्रक्रियाले युद्धलाई व्यापार बनाइदिएको छ।

जब युरोप युद्धको ज्वालामा बलिरहेको छ, रुस र नयाँ अमेरिकी प्रशासन यसलाई नियन्त्रण गर्न उपाय खोजिरहेका छन्। तर समस्या के छ भने, राजनीतिक दलालहरू, अतिवादी विचारधाराका पक्षधरहरू र सैन्य उद्योगका ठूला खेलाडीहरू शान्तिको पक्षमा छैनन्। हरेक वार्ताका प्रस्तावलाई ती युद्धबाट फाइदा उठाउने तत्वहरूले अवरोध गरिरहेका छन्।

मुख्यधारका मिडियाहरू आसन्न शान्तिको भ्रम छर्ने प्रयास गरिरहेका छन्। तर अर्को दिन युक्रेनी सेनाले आपूर्ति रोकिए पनि कम्तीमा ६ महिना आत्मरक्षा गर्न सक्छ भन्ने दाबी गर्दैछन्। वास्तविकता चाहिँ बिल्कुलै फरक छ, युक्रेनी सेना ठूलो संख्यामा मारिइरहेका छन्, र बाँकी रहेका सैनिकहरूले आफैँलाई प्रयोग भएको महसुस गर्न थालेका छन्।

फ्रन्टलाइनमा रहेका सहयोद्धाहरूले यो सम्पूर्ण परिदृश्य स्पष्ट देखिरहेका छन्। उनीहरूलाई थाहा छ कि राजनीतिक खेल, भ्रमपूर्ण मिडिया प्रचार, र कोठीको ब्यवस्थापनका खेलाडीहरूको वास्तविक उद्देश्य के हो। उनीहरू शान्तिका आश्वासनहरूमाथि विश्वास गर्दैनन्, किनकि मैदानमा अवस्था फरक छ।

युद्ध तत्काल रोकिँदैन। शान्ति वार्ताका कुरा भइरहेका छन्, तर व्यवहारमा ती युद्धलाई लम्ब्याउने रणनीतिमा मात्र देखिन्छन्।यसैले, ढुक्क हुनुहाेस, यो युद्ध अझै लामो हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button