प्रशान्त महासागरमा युद्धाभ्यास र अन्तर्राष्ट्रिय कूटनीति

# प्रेम सागर पाैडेल

चीनका PLA नेवी (जनमुक्ति सेना) ले हालै प्रशान्त महासागरमा गरेको युद्धाभ्यासको घटनाले विश्वका विभिन्न देशहरूको ध्यान आकर्षित गरेको छ। अष्ट्रेलिया र न्यूजील्याण्डका मिडिया र अधिकारीहरूले यसलाई सैन्य तनावको रूपमा प्रस्तुत गरेका छन्, तर चीनको दृष्टिकोणबाट यो सामान्य सैनिक अभ्यास हो। जसले अन्तर्राष्ट्रिय कानूनी मान्यतासँग मेल खान्छ र चीनको सुरक्षा र आर्थिक हितको रक्षा गर्दछ।

चीनका सैन्य अधिकारीहरू र सैन्य विशेषज्ञहरू लगातार यो स्पष्ट गर्दै आएका छन् कि चीनको सैन्य अभ्यास मात्र सैन्य क्षमता सुधार्ने प्रयास होइन, यो सुरक्षा नीति र सार्वभौमिक कानूनी अधिकारको एक हिस्सा हो। PLA नेवी का हालका अभ्यासहरूमा, जस्तै Zunyi विध्वंसक, Hengyang फ्रिगेट, र Weishanhu पुनःपूर्ति जहाज समावेश भएका अभ्यासहरू, चीनकालागि अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा र क्षेत्रीय प्रभाव कायम राख्नु महत्त्वपूर्ण छ।

चीनको आर्थिक वृद्धिमा समुद्री मार्गहरूको भूमिका अति महत्वपूर्ण छ। जसमा प्रशान्त महासागरका प्रमुख जलमार्गहरू चीनको व्यापारिक, ऊर्जा आपूर्ति र कच्चा पदार्थहरूको आयातका लागि आवश्यक छन्। पेट्रोलियम र खनिज पदार्थहरूको आपूर्ति गर्नका लागि समुद्रमार्गहरूको सुरक्षित सञ्चालन चीनका लागि जीवन्त महत्त्व राख्दछ। यस कारण, PLA नेवीको अभ्यासहरू चीनको सैन्य र आर्थिक सुरक्षाको रक्षाकालागि नियमित र आवश्यक छन्।

चीनका रक्षा प्रवक्ता Wu Qian ले अष्ट्रेलियाका आरोपहरूको जवाफमा स्पष्ट रूपमा भनेका छन् कि, “चीनले यी युद्धाभ्यासहरू अन्तर्राष्ट्रिय जलमार्गमा र अष्ट्रेलियाको किनारासम्म गरिरहेको छ। र, सबै गतिविधिहरू अन्तर्राष्ट्रिय कानूनी मान्यतासँग मेल खान्छन्।” वास्तवमा, चीन संयुक्त राष्ट्र महासभा र अन्तर्राष्ट्रिय समुद्र कानूनी व्यवस्था (UNCLOS) को सदस्य हो र समुद्री अभ्यासहरूमा यसको अधिकार पूर्ण रूपमा सुनिश्चित गरिएको छ।

चीनको अन्तर्राष्ट्रिय कानूनी दृष्टिकोण अनुसार, यसको युद्धाभ्यासहरू समुद्रमा मानवतावादी नियम र सुरक्षा मापदण्डहरूको पालना गर्दै गरिन्छ। जस्तै, जिब्राल्टरमा अमेरिकी र नाटो युद्धाभ्यास, पाकिस्तान र भारतको बीचको सैन्य अभ्यास, र रूसका सैन्य अभ्यासहरू को अन्तर्राष्ट्रिय आलोचना भए तापनि ती सबै अभ्यासहरूलाई कानूनी रूपमा स्वीकृत मानिन्छ। चीनले यस्ता अभ्यासलाई वैधता र अस्थिरता रोक्ने प्रयासका रूपमा देख्छ।

चीनका सैन्य विशेषज्ञहरूको अनुसार, चीनको समुद्री शक्ति विस्तार मात्र क्षेत्रीय सुरक्षाको लागि होइन, अन्तर्राष्ट्रिय शान्ति र स्थिरताको लागि आवश्यक छ। Fu Qianshao, ग्लोबल टाईम्सका अनुसार एक चिनियाँ सैन्य विशेषज्ञले भनेका छन्, “PLA नेवीको युद्धाभ्यास दूरदराजका पानीमा सुरक्षा र व्यापारिक हितको संरक्षण गर्दै गरिन्छ।” यसको मुख्य उद्देश्य भनेको समुद्रमा सबै देशहरूको समान अधिकार सुनिश्चित गर्नु हो, जसले चीनको व्यापारिक पहुँच र विश्व शान्ति सुनिश्चित गर्दछ।

चीनका लागि, युद्धाभ्यासको महत्व केवल सैन्य प्रदर्शनमा सीमित छैन, यो अंतर्राष्ट्रीय सुरक्षा नीतिको अंश पनि हो। समुद्रमा चीनको सैनिक उपस्थिति यसको सामरिक तत्परता र राष्ट्रवादी विचारको अभिवृद्धिका लागि महत्त्वपूर्ण छ, जसले न केवल क्षेत्रीय शक्ति संरचना सुदृढ बनाउँछ, बरु व्यापारिक मार्गहरूको सुरक्षित सञ्चालनमा पनि मद्दत गर्दछ।

अष्ट्रेलिया र न्यूजील्याण्डका प्रतिक्रियाहरू चीनको अन्तर्राष्ट्रिय सैन्य अभ्यासको स्वतन्त्रता र कानूनी अधिकारसँग मेल खाँदैन। यद्यपि, चीनको रक्षा मन्त्रालयले यी आरोपहरूको खण्डन गर्दै स्थानीय हवाई क्षेत्रमा सुरक्षाको ध्यान राखेर, ब्यापारीक उडानमा असर नगर्ने स्पष्टता दिएको छ।

चीनका सैन्य विशेषज्ञ सोंग जोङपिङ ले भनेका छन्, “युद्धाभ्यासहरू अंतर्राष्ट्रिय कानूनसँग मेल खाने मात्र होइन, यस प्रकारको अभ्यासहरूको संख्या आगामी दिनहरूमा बढ्नेछ। केही देशहरूले यस नपाँ वास्तविकतासँग समायोजन गर्नु पर्नेछ।” यसका साथै, चीनको सैन्य बृद्धि र प्रौद्योगिकी उन्नतिले देखाउँछ कि चीन यस क्षेत्रका शक्तिहरूको रूपमा प्रतिक्रिया दिने तयारी गरिरहेको छ।

चीनका सैन्य अभ्यासहरू, जसले पश्चिमी राष्ट्रहरूको चिन्ता र प्रतिक्रियाहरूलाई उत्तेजित गरेको छ, चीनको सुरक्षा र वैश्विक समृद्धिको संरक्षणका लागि अनिवार्य कदम हो। PLA नेवीका युद्धाभ्यासहरू अंतर्राष्ट्रीय कानून र समुद्र अधिकारहरूका आधारमा गरिन्छ, र यसले चीनको वाणिज्यिक मार्गहरूको सुरक्षा र क्षेत्रीय प्रभावको विस्तारका लागि अनिवार्य भूमिका निर्वाह गर्दछ। अष्ट्रेलिया र न्यूजील्याण्डका आलोचनाहरूलाई चीनले अत्यधिक र अर्थहीन मान्दै, त्यसको सैन्य नीति र सुरक्षा रणनीतिमा थप मजबुत हुने सम्भावना जनाउँछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button