बेल्ट एण्ड रोड इनिसिएटिभबाट चीन-नेपाल मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगलाई अझ बढाइने

चीनसँग सम्झौता भएको बीआरआई परियोजनाहरूको पछिल्लो अवस्थाको ब्रिफिङ कार्यक्रम हाल नेपालमा आयोजना गरिएको छ।
नेपालको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, नेपाल लगानी बोर्ड र सडक विभागको महानिर्देशकको कार्यलयबाट प्राप्त पछिल्लो जानकारीका अनुसार, बीआरआईको फ्रेमवर्कभित्र टोखा‐छहरे सुरुङमार्ग, हिल्सा‐सिमकोट सडक परियोजना, किमाथाङ्का‐खाँदबारी सडक, किमाथाङ्का पुल र एकीकृत चेक प्वइन्ट, केरुङ‐काठमाडौँ सीमापार रेलमार्ग, अमरगढी सिटीहल परियोजना, केरुङ‐रसुवागढी‐चिलिमे २२० केभी सीमापार पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड म्युजियम, चीन‐नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स गरी १० वटा परियोजनाहरूलाई समावेश गरिएका छन् तीमध्ये ६ वटा विभिन्न स्केलका प्रगति प्राप्त भएका छन्।
सन् २०१७को मे महिनामा चीन र नेपालले‘बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत सहयोग सम्बन्धी जन गणतन्त्र चीन सरकार र नेपाल सरकार बीचको समझदारी पत्र’ मा हस्ताक्षर गरेको थियो। सन् २०२४ को डिसेम्बर “बेल्ट एण्ड रोड इनिसिएटिभको निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने सम्बन्धमा जन गणतन्त्र चीन सरकार र नेपाल सरकार बीचको सहयोग सम्बन्धी रूपरेखा सम्झौता” मा पनि हस्ताक्षर गरिएको थियो। सो अवसरमा “बेल्ट एण्ड रोड” इनिसिएटिभलाई नेपालका सबै क्षेत्रले स्वागत र अपेक्षा गरिरहेकै छन्। लामो समयदेखि पर्याप्त स्रोतसाधनको अभावका कारण नेपालले आफैँले मेगा-इन्जिनियरिङ परियोजनाको निर्माणलाई प्रवर्द्धन गर्न गाह्रो भइरहेको छ। “बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालमा क्षमता र अवसरहरू ल्याएको छ, जसले गर्दा नेपालले ठूला स्तरका परियोजनाहरूलाई प्रवर्द्धन गर्न सम्भव भएको छ। यो नेपालमा सामान्य सहमति बनेको छ। यसका साथै, डिजिटल सञ्चारको क्षेत्रमा चीनको प्राविधिक नवप्रवर्तन र नवीन पारिस्थितिक प्रणालीको निर्माणले बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत नेपालको विकासलाई सशक्त बनाउनेछ।
नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय तालिकाबद्ध यात्रु प्रत्यक्ष उडानको आधिकारिक सुरुवात यसको उदाहरण हो। मार्च ३१ तारिखदेखि चीन-नेपाल संयुक्त उद्यम हिमालय एयरलाइन्सले हरेक हप्ता ल्हासाबाट पोखरासम्म एक राउन्ड-ट्रिप उडान सञ्चालन गर्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र नियमित अन्तर्राष्ट्रिय यात्रुवाहक प्रत्यक्ष उडान सुरु गर्ने नेपाली जनताको लामो समयदेखिको चाहना रहेको छ। असंख्य कठिनाइहरू पार गर्दै सञ्चालन पूरा गर्नेदेखि प्रत्यक्ष उडान सुरु गर्नेसम्म, चीनले चीन-नेपाल सम्बन्धलाई कति उच्च महत्त्व दिन्छ भन्ने कुरा प्रदर्शन गर्दै आफ्ना प्रतिबद्धताहरू कार्यद्वारा पूरा गर्दै आएको छ।
यसले नेपालका लागि “बेल्ट एण्ड रोड” इनिसिएटिभको महत्त्वलाई पनि देखाउँछ। हालै नेपालका लागि चिनियाँ राजदूत छन सोङले काठमाडौँ पोस्टमा “किन बेल्ट एण्ड रोड इनिसिएटिभ नेपालका लागि महत्वपूर्ण छ” शीर्षकमा लेख प्रकाशित गर्नुभएको छ, जसमा बेल्ट एण्ड रोड इनिसिएटिभले पूर्वाधार जडान, वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन सहकार्य र ज्ञान साझेदारी संयन्त्रमार्फत नयाँ विश्वव्यापी विकास ढाँचा निर्माण गर्ने उल्लेख गरिएको छ। चीन-नेपाल “बेल्ट एण्ड रोड” सहकार्यले नेपाललाई “बाँच्ने अर्थतन्त्र” बाट दिगो विकासमा संक्रमण गर्न मद्दत गर्नेछ र दुई देशलाई पारस्परिक लाभ र जित-जित समृद्धिको बाटोमा सँगै काम गर्न प्रेरित गर्ने पनि लेखमा लेखिएको छ।
यस वर्ष चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव हो। दुई देशबीचको परम्परागत मित्रता सुदृढ हुँदै आएको छ र मैत्रीपूर्ण सहयोग निरन्तर गहिरो हुँदै आएको छ। “बेल्ट एण्ड रोड” को उच्च-गुणस्तरीय संयुक्त निर्माणको प्रगतिसँगै द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोग अझ बढ्नेछ र “समृद्ध नेपाल र सुखी नेपाली” को नेपालको राष्ट्रिय दृष्टिकोणले चाहनाअनुसार साकार हुनेछ भन्ने मलाई विश्वास छ। यस सन्दर्भमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ केवल चिनियाँ सपना मात्र नभएर विश्व समृद्धिको बाटो देखाउने अग्रगामी पहल भएको बताउनुभयो। त्यस्तै नेपालको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय दृष्टिकोण पनि स्वस्थ, सभ्य, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्नु हो र वास्तवमा दुवै दृष्टिकोणको उद्देश्य देश र जनताको विकास सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्नु र सामंजस्यपूर्ण समाजको निर्माणलाई प्रवर्द्धन गर्नु हो भन्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले आफूलाई विश्वास छ कि बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत नेपालको राष्ट्रिय दृष्टिकोण साकार हुने उल्लेख गर्नुभयो।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button