युरी गगारिनको नाम साहस, प्रगति र भविष्यप्रतिको आशाको प्रतीक

यस वर्षको अप्रिल ११ मा, नेपालस्थित रुसको राजदूतावास, रूसी विज्ञान तथा संस्कृति केन्द्र, सोभियत संघ र रूसका विश्वविद्यालयहरूका नेपाली स्नातकहरू, स्थानीय निकायका प्रतिनिधिहरू तथा राजदूतावास स्कुलका विद्यार्थीहरूले पहिलो अन्तरिक्ष यात्री युरी आलेक्सेयेविच गगारिनको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरे। काठमाडौंको केन्द्रीय पार्कमा अवस्थित उहाँको शालिकमा फूल र परम्परागत नेपाली माला (माला) अर्पण गरियो।

नेपालका लागि रुसी राजदूत श्री अलेक्सी नोविकोवले स्वागत मन्तव्य दिँदै गगारिनको वीरता तथा मानव जातिलाई अन्तरिक्षतर्फ डो¥याउने सोभियत इन्जिनियर तथा वैज्ञानिकहरूको अद्वितीय योगदानलाई उल्लेख गर्नुभयो। उहाँले विशेष जोड दिँदै भन्नुभयो कि पृथ्वीको कक्षमा पहिलोपटक यात्रा गर्ने व्यक्ति एक रुसी नागरिक हुनु गौरवको विषय हो।

नेपालमा रहेका सोभियत संघ र रुसी विश्वविद्यालयहरूका स्नातकहरूको संस्थाकी अध्यक्ष श्रीमती सुष्मा कार्की रन्जितले, सोभियत संघ तथा रुसका शैक्षिक संस्थाहरूबाट प्राप्त गुणस्तरीय शिक्षाले आज पनि अन्तरिक्ष अनुसन्धान लगायतका प्रविधिगत क्षेत्रमा रूसको नेतृत्व कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

उक्त कार्यक्रमको वातावरणलाई थप हृदयस्पर्शी बनाउने काम राजदूतावास स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेको तारा र अन्तरिक्षको सपना समेटिएको सांस्कृतिक प्रस्तुतिले गर्यो।

युरी गगारिनको शालिक सन् २०१९ को अप्रिल २४ मा काठमाडौं महानगरका मेयर श्री विद्य सुन्दर शाक्य र दुईपटक सोभियत संघको सर्वोच्च पदवी “हीरो अफ द सोभियत युनियन” पाएका अन्तरिक्ष यात्री श्री भिक्टर साविनिखले संयुक्तरूपमा अनावरण गर्नुभएको हो।

युरी गगारिनको नाम साहस, प्रगति र भविष्यप्रतिको आशाको प्रतीक हो। उहाँको ऐतिहासिक उडानले विश्वका राष्ट्रहरूलाई एकताबद्ध गरिरहेको छ र नयाँ पुस्तालाई अनुसन्धान र सपनाको बाटोमा अघि बढ्न प्रेरणा दिइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button