गणतन्त्रको १५ वर्ष: क्रान्तिको सपना कि सत्ता-स्वार्थको यात्रा?

सर्वहारा वर्गको नाममा सत्तामा पुगेकाहरू स्वयं भ्रष्टाचार र नैतिक पतनको पर्याय बने। जनमतको अपमान गर्दै प्रधानमन्त्री पद “सम्झौताको सौदाबाजी” बन्न पुगेको छ। संविधानको मूल मर्म विपरीत हुने निर्णयहरूले विधिको शासनमाथि गम्भीर प्रश्न उठाएका छन्।

# मुना चन्द

२०६२/०६३ को जनआन्दोलनपछि नेपालमा गणतन्त्र स्थापना भयो। राजतन्त्रको अन्त्यसँगै “नयाँ नेपाल” निर्माणको आशामा लाखौँ नागरिकले परिवर्तनलाई स्वागत गरे। तर १५ वर्षको यात्राले क्रान्तिको त्यो सपना कति सार्थक बनायो त? युवाहरूको मनमा उठेका प्रश्नहरू अब सतहमा मात्र होइन, राज्य संरचनाको गहिरो अन्तर्विरोधको पहिचान बनेका छन्।

शाही शासनको अन्त्यका लागि १७ हजार भन्दा बढी नागरिकको बलिदान भयो। तर आज पनि न्याय, समृद्धि, समानता केवल नारामा मात्र सीमित छन्। राज्य संयन्त्रमा पुरानै संरचनात्मक अन्याय कायम छ। जनताको अपेक्षाको दुरूपयोग गर्दै सत्ताको पहुँचमा पुगेकाहरुले यो बलिदानलाई सत्ताको सिँढी बनाएका छन्।

शाही शासनको अन्त्यका लागि १७ हजार भन्दा बढी नागरिकको बलिदान भयो। तर आज पनि न्याय, समृद्धि, समानता केवल नारामा मात्र सीमित छन्। राज्य संयन्त्रमा पुरानै संरचनात्मक अन्याय कायम छ। जनताको अपेक्षाको दुरूपयोग गर्दै सत्ताको पहुँचमा पुगेकाहरुले यो बलिदानलाई सत्ताको सिँढी बनाएका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको मौलिक अधिकार नपाएर जनता विदेश पलायनमा छन्। संविधानले ग्यारेन्टी गरेका अधिकार कागजमा मात्र सीमित छन्। सर्वहारा वर्गको नाममा सत्तामा पुगेकाहरू स्वयं भ्रष्टाचार र नैतिक पतनको पर्याय बने। जनमतको अपमान गर्दै प्रधानमन्त्री पद “सम्झौताको सौदाबाजी” बन्न पुगेको छ। संविधानको मूल मर्म विपरीत हुने निर्णयहरूले विधिको शासनमाथि गम्भीर प्रश्न उठाएका छन्। नेतृत्वको नीति र व्यवहारबीचको खाडलले उनीहरूलाई “क्रान्तिकारी” हैन, “विशेषाधिकार प्राप्त वर्ग” बनाएको छ।

देशभित्रको शिक्षा प्रणालीमा भरोसा नभएर सन्तानलाई विदेश पठाउने प्रवृत्तिले शिक्षा नीतिमा असफलताको प्रत्यक्ष प्रमाण देखिन्छ। राज्यको सम्पत्ति जनताको साझा सम्पत्ति हो भन्ने मूल अवधारणालाई कुल्चिँदै सरकारी सम्पत्तिको दोहन गरियो। उद्योगहरू निजीकरणको नाममा बेचबिखन भए। संघीयता र धर्मनिरपेक्षता विदेशी सहायता नियोगको एजेण्डामा आधारित भएर लादिएको आभास जनस्तरमा छ।

राजतन्त्रविरोधी आन्दोलनमा विदेशी बुद्धिजीवीको सल्लाहकारका रूपमा सहभागिता हुनु, जनशक्तिको पलायन, देशको ग्रेलिस्टमा सूचीकृत हुनु, असफल योजनाहरू यी सबैले राज्यको अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाएको छ। वाइडबडी, गिरिबन्धु, बुढीगण्डकीजस्ता आयोजनाहरू भ्रस्टाचार, अदूरदर्शिता र स्वार्थको कोठामा बन्द भएका योजनाका उदाहरण हुन्।

वंश र परिवार–केन्द्रित राजनीति, समानुपातिक प्रतिनिधित्वको नाममा आफ्नै नातागोता अघि सार्ने प्रवृत्तिले “जनताको शासन” हैन “परिवार शासन” बलियो बनाएको छ। क्रान्तिकारी भेषमा विलासिताको जीवनशैलीले युवाहरूमाँझ नेतृत्वप्रति वितृष्णा उत्पन्न गरिरहेको छ। कम्युनिस्टहरूले दिएका वाचा र गरेका कर्मबीचको फरक स्पष्ट हुँदै गएको छ।

नेपालको गणतन्त्र आज “प्रणालीगत विफलता” को उदाहरण बनेको छ। क्रान्तिको सपना सत्ताको सौदाबाजीमा रूपान्तरित भएको छ। नेतृत्वले आत्मसमीक्षा नगर्ने हो भने युवाहरूमा क्रान्तिप्रतिको आस्था समाप्त हुनेछ। इतिहासमा यो गणतन्त्र “एक अवसर गुमाउने पुस्ता” का रूपमा दर्ज हुनेछ।

नेपालको गणतन्त्र आज “प्रणालीगत विफलता” को उदाहरण बनेको छ। क्रान्तिको सपना सत्ताको सौदाबाजीमा रूपान्तरित भएको छ। नेतृत्वले आत्मसमीक्षा नगर्ने हो भने युवाहरूमा क्रान्तिप्रतिको आस्था समाप्त हुनेछ। इतिहासमा यो गणतन्त्र “एक अवसर गुमाउने पुस्ता” का रूपमा दर्ज हुनेछ।

नेतृत्वको मूल्यांकन जनस्तरमा हुनुपर्छ, संस्थागत अनुशासन पुनःस्थापित गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगार र विकासमा प्राथमिकता दिएर राज्य–जनताको सम्बन्ध पुनः बलियो बनाइनुपर्छ। वर्तमान नेतृत्वले आत्मसमीक्षा गर्नैपर्छ; नभए नयाँ पुस्ता ‘सुधार’ हैन, ‘परिवर्तन’ को तयारीमा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button