चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मलेसियाली प्रधानमन्त्री अनवरद्वारा आयोजित स्वागत भोजलाई सम्बोधन

अप्रिल १६ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मलेसियाली प्रधानमन्त्री अनवरले आयोजना गर्नुभएको स्वागत भोजलाई सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा उहाँले सर्वप्रथम मलेसियाका सर्वोच्च नेता इब्राहिम सुल्तान सिकन्दरको निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै मलेसियाको सम्पूर्ण व्यवस्थापन र हार्दिकता पनि धन्यवाद व्यक्त गर्नुभएको छ। १२ वर्षपछि फेरि मलेसियाको भ्रमण गरेर मलेसियाको राम्रो विकास देखेर निकै खुशी लागेको पनि बताउनुभयो।

स्वागत भोजअगाडि राष्ट्राध्यक्ष सी र प्रधानमन्त्री अनवरले मैत्रीपूर्ण वार्ता गरेर दुई पक्ष बीच विभिन्न क्षेत्रका आदानप्रदान र सहयोगमा श्रृँखलाबद्ध महत्वपूर्ण सहमति जनाउनुभएको छ।

हालै अन्तर्राष्ट्रिय परिपाटी र आर्थिक विश्वव्यापीकरणमाथि आघात भएको पृष्ठभूमिमा चीन मलेसियाले संयुक्त रुपमा एकपक्षीयवाद र संरक्षणवादको सामना गरी एसियाली परिवारको सुन्दर विकासको सम्भावनाको संरक्षण गर्ने सहमति जनाइएको पनि राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button