चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भेटवार्ता

मे ८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोस्थित क्रेमलिन दरबारमा भेटवार्ता भएको छ।

उहाँहरूले चीन-रूस सम्बन्ध र अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभयो ।
दुवै राष्ट्रनायकले अघि पछि गरी सानो परिधि र ठूलो परिधिको वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले रूससँगै मिलेर विश्वका ठूला मुलुक र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकको विशेष जिम्मेवारी लिँदै दोस्रो विश्व युद्धको सही ऐतिहासिक दृष्टिकोणको प्रचारप्रसार गर्नुका साथै दृढताका साथ चीन-रूस दुवै देश तथा अन्य विकासोन्मुख मुलुकहरूको हक-अधिकारको संरक्षण गर्दै जान चीन इच्छुक रहेको बताउनुभएको छ।

प्रत्युत्तरमा रुसी राष्ट्रपति पुटिनले दुवै पक्षले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय कानूनको आधिकारिकताको संरक्षण गर्नुका साथै सँगै मिलेर दुवै देश र पुरै विश्वका लागि अझ सुमधुर भविष्यको सिर्जना गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।

वार्तापछि दुवै देशका नेतागणले संयुक्त रूपमा “जापानी अतिक्रमण विरूद्ध चिनियाँ जनताको युद्ध, सोभियत संघको महान देशरक्षा युद्ध बिजय र संयुक्त राष्ट्र संघ स्थापनाको ८० औँ वार्षिकोत्सवको स्मृतिमा जन गणतन्त्र चीन र संघीय रूस बीच चीन-रूस नयाँ युगमा सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ गहन पार्ने संयुक्त वक्तव्य”मा हस्ताक्षर गर्नुभएको छ।

साथै उहाँहरू चीन-रूस दुवै पक्षबीचका २० भन्दा बढी द्विपक्षीय सहयोगात्मक दस्तावेजको आदानप्रदानको पनि साक्षी बस्नुभएको छ। यसका अतिरिक्त उहाँहरूले सँगसँगै पत्रकारसित साक्षात्कार गर्नुभयो।

त्यसै दिन मध्यान्ह राष्ट्रपति पुटिनले सी चिनफिङको सम्मानमा स्वागत भोजको पनि आयोजना गर्नुभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button