सी चिनफिङ सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सव समारोहमा उपस्थित

मे ९ तारिख रूसले बिशाल समारोहको आयोजना गर्दै सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८० औँ वार्षिकोत्सवको स्मरण गरेको छ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा विश्वका २० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनका नेताहरू आमन्त्रित भई सो समारोहमा उपस्थित हुनुभएको छ। उहाँले क्रेमलिन दरबार पुगी त्यहाँ पर्खिरहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सौहार्दपूर्ण रूपमा हात मिलाउनुभयो। त्यसपछि उहाँहरूसँगै मिलेर मुख्य अतिथि मञ्चमा बस्नुभई रेड स्क्वायरको परेड समारोहमा उपस्थित हुनुभएको छ।
चीन लगायत १० भन्दा बढी मुलुकका सशस्त्र शक्ति फौजहरू आमन्त्रित भई सो परेड समारोहमा सहभगी भएका छन्।
विशाल समारोह सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले अन्य मुलुकका नेतागणसित रेड स्क्वेयरबाट एलिक्जान्डर उद्यान पुग्नुभई नाम रहित शहीद चिहानसमक्ष फूल चढाउँदै मौनधारण गर्नुभएको छ। त्यसपछि विभिन्न देशका नेताहरूले सामुहिक फोटो पनि खिच्नुभयो।
सोही दिन मध्यान्ह राष्ट्राध्यक्ष सी रूसी राष्ट्रपति पुटिनद्वारा आयोजित सोभियत संघको महान देशरक्षा युद्ध बिजयको ८०औँ वार्षिकोत्सव स्मरण गरिने भोजमा पनि सम्मिलित हुनुभएको छ।




