म त किसानको छोरो

# भक्त बहादुर केसी

ठूलाे मान्छे होइन म त गाडी घोडा छैन,
नोकर चाकर पनि छैन महल पनि छैन,
यही धर्तीमा जन्मे हुर्के यसमै परी’ रा छु,
किसानको छोरो म त कृषि गरी’ रा छु ।

कृषिले नै आफु बाँच्छु अरुलाई बचाउँछु,
दिनभरी काम गर्छु खाएको पचाउँछु,
न त योगा जानु पर्यो न त हिड्नै पर्यो ,
न त कोही लाई ज्यू हजुरी तेलै लाउनु पर्यो।

न त कोहीको आश भरोसा न त डर धम्की,
आफ्नै रगत पसिनामा हिडि’ रा छु लम्की,
भ्रष्टाचार र तस्करीको आरोप लाग्या छैन,
स्वाभिमान मै बाँचि’ रा छु दास बन्ने होइन ।

यसमै मलाई आनन्द छ यसमै लाग्छ शान ,
आफ्नै सादा जीवन शैली चाहिदैन मान ,
चाहे मान घमण्डी झै चाहे अहंकारी,
श्रम जिवी मान्छे म त छैन व्यभिचारी।!!
श्रम जिवी मान्छे म त छैन व्यभिचारी!!!

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button