१ बैशाख २०८३, मंगलवार

बाँके हत्याकाण्ड : पीडितको शरीरमा आगो लगाउने मुख्य आरोपित पिता-पुत्र भारतबाट पक्राउ

नेपालगञ्ज, — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा गत चैत २३ गते २२ वर्षीया सिर्जना बुढामगरको शरीरमा आगो लगाएर हत्या गरेको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही वडा निवासी ५० वर्षीय रहमद ढपाली र उनका २१ वर्षीय छोरा मोहम्मद आदिल ढपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले दिएको जानकारी अनुसार भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई भारतीय भूमिबाट पक्राउ गरी नियन्त्रणमा लिइएको हो। पक्राउ परेका रहमद ढपाली यसअघि नै पक्राउ परिसकेका मुख्य अभियुक्त मोहम्मद आरिफ ढपालीका बुबा हुन्।

यसअघि पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिइसकेको थियो। पिता रहमद र भाइ आदिल पनि पक्राउ परेसँगै उक्त घटनामा संलग्न रहेको अभियोगमा हालसम्म पाँच जना पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ।

गत चैत २३ गते नेपालगञ्ज–१२ कोरियनपुरस्थित एक घटनामा सिर्जना बुढामगरको शरीरमा आगो लगाइएको अवस्थामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापश्चात् प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको थियो। हाल पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button