भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता

ड्रागन मिडिया सम्वाददाता
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ५४२ पुरुष, ३३४ महिला र ५१२ वटा आंशिक मानव अवशेषसहित कुल १ हजार ३८८ शव तथा अवशेष फेला परेका छन्।
प्रहरीका अनुसार मृतकको पहिचान र बेपत्ताको खोजीका लागि हालसम्म ३ हजार १३२ डीएनए नमुना संकलन गरिएको छ। तीमध्ये १ हजार २८६ नमुना फेला परेका शव तथा मानव अवशेषबाट र १ हजार ८४६ नमुना बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएको हो।
बाढीमा परेका ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा पहिचान कार्य निरन्तर जारी रहेको छ। डीएनए परीक्षणमार्फत मृतकको पहिचान सुनिश्चित गर्ने र बेपत्ता व्यक्तिसँग पारिवारिक नमुना मिलान गर्ने काम पनि भइरहेको छ।





