७ आश्विन २०८३, बुधबार

पत्रकारिता क्षेत्र सुधारका क्रममा कठिनाइ आउन सक्छ : सञ्चारमन्त्री तिमिल्सिना

ड्रागन मिडिया सम्वाददाता

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै यसको संरचनागत सुधारका लागि गहिरो समीक्षा र निरन्तर प्रयास आवश्यक रहेको बताएका छन्। बुधबार हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले एकदेखि दुई वर्षसम्म योजनाबद्ध रूपमा काम गर्न सके पत्रकारिता क्षेत्रमा सुधार ल्याउन सकिने तर सुधारको प्रक्रियाले केही असहजता सिर्जना गर्न सक्ने बताए। 0

मन्त्री तिमिल्सिनाले गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालसहित सार्वजनिक सञ्चार संस्थाको अवस्था तथा समग्र पत्रकारिताको व्यावसायिकता र पत्रकारको सुरक्षामाथि प्रश्न उठिरहेको बताए। समस्या सतही सुधारबाट समाधान नहुने उल्लेख गर्दै उनले सञ्चार संस्थाको संरचना, कार्यपद्धति र विगतका अभ्यासको समीक्षा गरी आवश्यक सुधार गर्नुपर्ने धारणा राखे। 1

सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गरेपछि नेपाल पत्रकार महासंघले शुरु गरेको आन्दोलनप्रति पनि मन्त्री तिमिल्सिनाले असहमति जनाए। उनले कुनै एउटा संस्थाले मात्र पत्रकारिताको संरक्षणको जिम्मेवारी लिएको ठान्नु उचित नहुने भन्दै पत्रकारिता क्षेत्रको सुधारका लागि सम्बन्धित सबै पक्षको भूमिका आवश्यक रहेको बताए। 2

उनले पत्रकारिता कस्तो बनाउने भन्ने आधारभूत प्रश्नमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै साना विषयलाई मात्र लिएर आन्दोलनमा जाँदा दीर्घकालीन समस्या समाधान नहुने धारणा राखे। सञ्चार संस्था र पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न विगतका गलत निर्णय तथा अभ्यास सच्याउन सबै पक्ष तयार हुनुपर्ने उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button