१८ आश्विन २०८३, आईतवार

विपी र गणेशमानको ‘आत्मा’ आफूसँग रहेको गगन थापाको दाबी

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले विपी कोइराला र गणेशमान सिंहको राजनीतिक विरासत आफूहरूले अघि बढाइरहेको दाबी गरेका छन्। पार्टीको १५औँ महाधिवेशन खुलामञ्चमा उद्घाटन गर्दै उनले भने, “आज विपी र गणेशमानका छोराहरू कहाँ छन्, हामीलाई थाहा छैन। तर उहाँहरूको आत्मा यहाँ छ।”

थापाको भनाइ पार्टीभित्रको असन्तुष्ट समूहका नेताहरूतर्फ लक्षित थियो। उनले आफूले नै कांग्रेसको वास्तविक नेतृत्व गरिरहेको जिकिर गर्दै पार्टी रूपान्तरण र देश परिवर्तनको विश्वास महाधिवेशनले जगाउने बताए।

थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनस्थलमा छुट्टै कुर्सी राखिएको पनि बताए। “केही साथीहरू असन्तुष्ट छन्। शेरबहादुरका लागि कुर्सी खाली थियो। उहाँ आउनुभएन,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button