२४ आश्विन २०८३, शनिबार

आजदेखि दशैँ बिदा, अत्यावश्यक कामका लागि अदालत खुल्ने

ड्रागन मिडिया सम्वाददाता

दशैँका अवसरमा आज शनिबारदेखि अदालतमा बिदा सुरु हुँदैछ। आइतबार घटस्थापनाको सार्वजनिक बिदा परेकाले अदालतको बिदा आजैदेखि सुरु हुन लागेको हो। सर्वोच्च अदालतका अनुसार कोजाग्रत पूर्णिमापछि कात्तिक ७ गतेदेखि अदालतहरू नियमित रूपमा खुल्नेछन्।

नियमित काम बन्द रहे पनि बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणका निवेदन र जरुरी पक्राउ पुर्जीसम्बन्धी कामका लागि अदालत खुला रहनेछन्। सर्वोच्चसहित सबै तहका अदालतमा घटस्थापना, विजया दशमी, शनिबार र कोजाग्रत पूर्णिमाबाहेकका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सेवा सञ्चालन हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button