चीनको शेन्झाउ–२४ अभियानमा पृथ्वीको कक्षामा ९० वैज्ञानिक प्रयोग र प्राविधिक परीक्षण गरिने
ड्रागन मिडिया समाचार कक्ष
चीनको शेन्झाउ–२४ अन्तरिक्ष अभियानअन्तर्गत पृथ्वीको कक्षामा कुल ९० वैज्ञानिक प्रयोग र प्राविधिक परीक्षण गर्ने योजना छ। चीनको मानवसहितको अन्तरिक्ष उडान निकायका प्रवक्ता चाङ जिङबोले मंगलबार पत्रकार सम्मेलनमा अभियानको अनुसन्धान कार्यक्रमबारे जानकारी दिएका हुन्।
चाङका अनुसार अनुसन्धानले अन्तरिक्षमा जीव र पदार्थको अध्ययन, सूक्ष्म गुरुत्वाकर्षणमा तरल पदार्थको व्यवहार र दहन प्रक्रियालाई समेट्नेछ। आधारभूत भौतिकशास्त्र, अन्तरिक्ष चिकित्सा र नयाँ अन्तरिक्ष प्रविधि पनि अनुसन्धानका विषय हुन्।
चालक दलसहितको शेन्झाउ–२४ अन्तरिक्षयान नोभेम्बर २५, बुधबार बेइजिङ समयअनुसार बिहान ८ बजेर १८ मिनेटमा उत्तरपश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गर्ने तालिका छ। नेपाली समयअनुसार प्रक्षेपण बिहान ६ बजेर ३ मिनेटमा हुनेछ।





