दसैँमा मौसम अनुकूल रहने सम्भावना

ड्रागन मिडिया सम्वाददाता
लगातारको वर्षा रोकिएपछि मौसममा क्रमिक सुधार देखिएको छ। सोमबार केही स्थानमा हल्का वर्षा भए पनि आज पहाडी भेगका थोरै स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
पोखरेलका अनुसार बिहीबार र शुक्रबार अपराह्न पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यसपछि मौसम अझ सुधार हुँदै जाने पूर्वानुमान छ।
अर्को हप्ता सामान्यतया घमाइलो मौसम रहने सम्भावना रहेको उनले बताए। यसपटक दसैँका बेला मौसम अनुकूल रहने राम्रो सम्भावना देखिएको पनि पोखरेलको भनाइ छ।





