१२ कार्तिक २०८३, बुधबार

सरकारले घोषणा गरेको सहायता रकमसमेत विस्थापितसम्म पुगेन, पुनःस्थापना अनिश्चित

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढी गएको दुई महिना बितिसक्दा पनि ज्यान जोगाएका हजारौँ नागरिक विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूको पुनःस्थापना अझै अनिश्चित छ भने सरकारले घोषणा गरेको घरभाडा सहायता रकमसमेत प्रभावितले पाउन सकेका छैनन्।

भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका साढे ७ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। हजारौँ नागरिक घरबारविहीन भएका थिए भने ५ हजार २ सयभन्दा बढी बेपत्ता भएको विवरण छ।

बाढीबाट मुस्किलले ज्यान जोगाएकाहरूको दैनिकी अझै कठिन छ। बाढी गएको दुई महिनापछि विस्थापितहरूको पुनःस्थापनाको अवस्था कस्तो छ भन्ने विषयमा यो भिडियो रिपोर्ट तयार गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button