२२ कार्तिक २०८३, शनिबार

रमेश दुलालको २३औँ काग सम्मेलन, आवाज निकालेर भेला पारे सयौँ काग

ड्रागन मिडिया सम्वाददाता

काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काठमाडौँमा २३औँ काग सम्मेलन आयोजना गर्नुभएको छ। राष्ट्रिय सङ्गीतकर्मी सङ्घ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन गरिएको हो।

१७३ वटा जीवजन्तु तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दुलालले कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए। उहाँले विगत २३ वर्षदेखि काग तिहारका दिन कागको आवाज निकालेर काग बोलाउने कार्यक्रम गर्दै आउनुभएको छ।

सवारीसाधनको कोलाहलले कागलाई बोलाउन र आवाज स्पष्ट सुनाउन कठिन हुने भएकाले कार्यक्रम बिहान ५:३० देखि ६:३० बजेसम्म सञ्चालन गरिएको थियो।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्षसमेत रहनुभएका दुलालले सम्मेलनको २५औँ वर्षलाई ठूलो मञ्च बनाएर भव्य रूपमा मनाउने योजना रहेको बताउनुभयो। यही सम्मेलनको सन्देशमार्फत नयाँ पुस्ताका नेताहरूले देशलाई छिटो विकासको गतिमा अघि बढाउने आशा पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा सङ्घका अध्यक्ष प्रकाश कटुवालसहित कलाकारहरूको सहभागिता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button