२ मंसिर २०८३, मंगलवार

देउवा समूहको जिल्ला अधिवेशन तीव्र, ४३ जिल्लामा सभापति चयन

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा समूहले अधिवेशन सम्पन्न भएका जिल्लाका सभापतिको नाम सार्वजनिक गरेको छ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म सातै प्रदेशका ४३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ। प्रदेशगत रूपमा निर्वाचित सभापति यसप्रकार छन्:

कोशी प्रदेश: झापा—कृष्ण हुमागाईं, ताप्लेजुङ—अमरबहादुर सेन्दाङ, ओखलढुङ्गा—डेकराज भट्टराई, उदयपुर—वसन्तकुमार बस्नेत, सङ्खुवासभा—रामकुमार जिमी, भोजपुर—धर्मराज राई, धनकुटा—कमोट फागु र खोटाङ—रोजन राई।

मधेश प्रदेश: बारा—राजेश राय यादव र धनुषा—कोमलकान्त झा।

बागमती प्रदेश: ललितपुर—सुदर्शन घिमिरे, दोलखा—ताराकुमार खड्का, सिन्धुपाल्चोक—बालकृष्ण बस्नेत, रसुवा—उपेन्द्र लम्साल, काभ्रेपलाञ्चोक—रमेशप्रसाद हुमागाईं र चितवन—मिलनबाबु श्रेष्ठ।

गण्डकी प्रदेश: कास्की—ऋषिराम काफ्ले, स्याङ्जा—इन्द्रबहादुर गोदार, म्याग्दी—हिराबहादुर पुन, पर्वत—यमबहादुर मल्ल र नवलपुर—अशोक बस्ताकोटी।

लुम्बिनी प्रदेश: दाङ—गोपालराज शर्मा, कपिलवस्तु—राजेश सिंह, अर्घाखाँची—बाबुराम पौडेल, गुल्मी—वेदबहादुर थापा, बाँके—प्रमोदबहादुर श्रेष्ठ, बर्दिया—जग्गाप्रसाद पाण्डे, रोल्पा—मानबहादुर खत्री र प्युठान—देवेन्द्र बर्मा।

कर्णाली प्रदेश: सल्यान—दीपक चन्द, हुम्ला—सूर्यबहादुर शाही, कालिकोट—नगेन्द्र विष्ट, रुकुम पश्चिम—नन्दबहादुर विष्ट, जाजरकोट—रामजंग शाह, जुम्ला—नेत्रकला शाही, मुगु—तिलक मल्ल र दैलेख—दिनेशकुमार हमाल।

सुदूरपश्चिम प्रदेश: बैतडी—वीरबहादुर विष्ट, डडेलधुरा—डिल्लीराम जोशी, डोटी—बाजिसिंह खड्का, दार्चुला—सुरेन्द्रराज अवस्थी, बाजुरा—धनराज पण्डित र बझाङ—हर्कजंगबहादुर सिंह।

जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशनमा केन्द्रित हुने तयारी समूहले गरेको छ। अधिकांश प्रदेश अधिवेशनको मिति तय भइसकेको र उद्घाटनमा देउवा स्वयं सहभागी हुने गरी कार्यक्रम मिलाइएको समाचारमा उल्लेख छ। महाधिवेशनअघि सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको निर्वाचन समितिले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button