४ मंसिर २०८३, बिहीबार

एमाले राष्ट्रिय भेलामा आज ओली, भण्डारी र थापाले सम्बोधन गर्ने

ड्रागन मिडिया समाचार कक्ष

नेकपा एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा र वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलालाई सम्बोधन गर्नेछन्। त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ।

यसैबीच, पार्टी केन्द्रीय कमिटीको चौथो बैठक आज दिउँसो ३ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button