पुटिनसँगको भेटबाट उत्कृष्ट नतिजा आउने ट्रम्पको विश्वास

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटबाट उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरेका छन्।
पुटिनसँगको भेट सुरु गर्दै ट्रम्पले भने, “यस भेटबाट धेरै राम्रा कुरा आउन सक्छन्, वा कम्तीमा तिनको सुरुआत हुन सक्छ। तर मलाई लाग्छ, यसबाट राम्रा नतिजा निस्कनेछन्।”
उनले पछि दोस्रो भेट पनि हुने जानकारी दिँदै भने, “तपाईंहरूलाई थाहै होला, हामी पछि दोस्रो भेट गर्नेछौँ। तर अहिले यो भेट हुँदैछ, र यो उत्कृष्ट हुनेछ।”





