४ मंसिर २०८३, बिहीबार

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रसर: सी

ड्रागन मिडिया समाचार कक्ष

चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा आर्थिक सहकार्यको पक्षधर, प्रवर्द्धक र अग्रणी शक्ति चीन भएको बताएका छन्। एसिया–प्रशान्त समुदाय निर्माणका आधार तयार गर्न चीन सबै पक्षसँग मिलेर काम गर्न तयार रहेको उनले बताए।

दक्षिण चीनको क्वाङतुङ प्रान्तस्थित शेनझेनमा बिहीबार आयोजित एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) का नेताहरूको ३३औँ बैठकलाई सम्बोधन गर्दै सीले यस्तो बताएका हुन्।

एसिया–प्रशान्त समुदायको आधारका रूपमा आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै उनले व्यापार र लगानी सहजीकरण, डिजिटल रूपान्तरणलाई अघि बढाउने तथा यी क्षेत्रमा रहेका अवरोध घटाउने प्रयास गर्न आह्वान गरे।

सम्पर्क सञ्जाल विस्तारका लागि पूर्वाधार सुधार, नीति तथा नियमबीच समन्वय, जनस्तरको आदानप्रदान प्रवर्द्धन र आपसी समझदारी तथा निकटता बढाउनुपर्ने उनले बताए।

नवप्रवर्तनबारे बोल्दै सीले डिजिटल पूर्वाधार निर्माण र कृत्रिम बुद्धिमत्ताको व्यापक प्रयोगलाई प्रोत्साहन गर्न थप प्रयास आवश्यक रहेको उल्लेख गरे।

उनले ऊर्जा तथा खाद्य सुरक्षा, सीमापार भ्रष्टाचार नियन्त्रण र हरित तथा न्यून कार्बन विकासमा क्षेत्रीय अर्थतन्त्रहरूबीच सहकार्य बढाउनुपर्ने बताए। जनताको जीवनस्तर उकास्न र मानव पुँजीमा लगानी बढाउन पनि उनले आह्वान गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button