४ मंसिर २०८३, बिहीबार

ड्रोन आक्रमणपछि क्रिमियन पुलमा यातायात प्रभावित, तीन रेल ढिला

ड्रागन मिडिया समाचार कक्ष

राति भएको ड्रोन आक्रमणपछि क्रिमियन पुलमा यातायात प्रभावित भएको क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बिहीबार बताएका छन्। क्षतिको आकलन भइरहेका बेला पुलमा आवागमन अस्थायी रूपमा रोकिएको थियो।

रूसी यातायात मन्त्रालयका अनुसार आक्रमणपछि पुलको रेलमार्गमा सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो। घटनामा कोही घाइते नभएको मन्त्रालयले जनाएको छ।

रेल सेवा सञ्चालक ग्रान्ड सर्भिस एक्सप्रेसले पुल अस्थायी रूपमा बन्द हुँदा क्रिमियातर्फ जाँदै गरेका तीन रेल ढिला भएको जनाएको छ।

यस साताको सुरुदेखि पुलमा आक्रमण भएको खबर आएको यो तेस्रोपटक भएको सिन्ह्वाले जनाएको छ। क्रिमियन पुलले क्रिमियाली प्रायद्वीपलाई रूससँग जोड्छ। सन् २०२२ मा रूस–युक्रेन द्वन्द्व सुरु भएयता पुल पटकपटक निशानामा परेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button