४ मंसिर २०८३, बिहीबार

चीन–अमेरिका सम्बन्ध स्थिर र सकारात्मक दिशामा अघि बढेको सीको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

चीन र अमेरिकाबीचको सम्बन्ध समग्रमा स्थिर र सकारात्मक दिशामा अघि बढेको तथा यसले विश्वमा स्थिरता र निश्चितता थपेको चीनका राष्ट्रपति सी चिनफिङले बताएका छन्।

शेनझेनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा सीले दुई देशले कसरी सम्बन्ध अघि बढाउने भन्नेबारे मिलेर खोजी गरेको बताए। त्यस क्रममा उनीहरूले रणनीतिक स्थिरतासहितको रचनात्मक चीन–अमेरिका सम्बन्धलाई नयाँ रूपमा परिभाषित गरेको र आपसी सम्मान, निष्पक्षता तथा पारस्परिक लाभका आधारमा त्यसलाई नयाँ अर्थ दिएको उनको भनाइ थियो।

यो नयाँ अवधारणालाई दुवै देशका जनतासँगै अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको सीले बताए। रणनीतिक स्थिरतासहितको रचनात्मक सम्बन्ध निर्माण गर्नु अभूतपूर्व र अग्रणी प्रयास भएको उल्लेख गर्दै उनले अहिलेको सकारात्मक गति कायम राख्न दुवै नेताबीच भएका सहमतिलाई ठोस रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

ताइवानको विषयमा अमेरिकाले उचित कदम चाल्नुपर्ने र चीन–अमेरिका सम्बन्धमा ठूलो अवरोध आउन नदिनुपर्ने सीले बताए।

ट्रम्पले पनि आफू र सीले दुई देशबीचको सम्बन्धलाई अघि बढाउन संयुक्त रूपमा मार्गदर्शन गरेको बताए। द्विपक्षीय सम्बन्धको स्थिर विकासबाट आएको सकारात्मक गति कायम राख्नुपर्ने उनको भनाइ थियो।

अमेरिकाले “ताइवानको स्वतन्त्रता”लाई समर्थन नगर्ने ट्रम्पले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button