महाशक्तिबीचको शान्तिले विश्वमा स्थिरता ल्याउँछ : सी

ड्रागन मिडिया समाचार कक्ष
चीनका राष्ट्रपति सी चिनफिङले प्रमुख शक्तिबीचको शान्तिले विश्वमा स्थिरता कायम गर्ने र उनीहरूबीचको प्रतिस्पर्धाले विश्वलाई अशान्तितर्फ धकेल्ने बताएका छन्।
दक्षिण चीनको क्वाङतुङ प्रान्तस्थित शेनझेनमा बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकमा सीले यस्तो बताएका हुन्।
“८० वर्षभन्दा अघि विश्वका प्रमुख फासिवादविरोधी शक्तिका रूपमा चीन, रूस र अमेरिकाले काँधमा काँध मिलाएर लडे र ठूलो विजय हासिल गरे। त्यसले विश्वमा शान्ति र स्थिरता ल्यायो,” सीले भने।





