८ मंसिर २०८३, सोमबार

शाह र मोदीबीच आज हैदराबाद हाउसमा वार्ता, केही आयोजनाको संयुक्त उद्घाटन हुने

ड्रागन मिडिया सम्वाददाता

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदराबाद हाउसमा वार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्ता भारतीय समयअनुसार बिहान ११ बजे अर्थात् नेपाली समयअनुसार बिहान ११ बजेर १५ मिनेटमा तय भएको छ।

वार्ताअघि शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्। वार्तापछि केही द्विपक्षीय विषयमा सहमति र सम्झौता गर्ने तयारी छ। दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गरी सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

शाह मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। उनले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्।

शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी सहभागी छन्। व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण टोलीमा छन्। दुईदिने भ्रमण पूरा गरी शाह सोमबारै स्वदेश फर्कने कार्यक्रम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button