पुटिनद्वारा नयाँ आर्कटिक रणनीति स्वीकृत, विकास योजना पेश गर्न सरकारलाई छ महिनाको समय

ड्रागन मिडिया समाचार कक्ष
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको आर्कटिक क्षेत्रको सामाजिक तथा आर्थिक विकास र त्यहाँको राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ रणनीति स्वीकृत गरेका छन्। रुसी समाचार संस्था तासका अनुसार राष्ट्रपतिको आदेशले आर्कटिक क्षेत्र र ट्रान्स–आर्कटिक यातायात मार्गको विकासका लागि विस्तृत योजना तयार गर्न सरकारलाई छ महिनाको समय दिएको छ।
आदेशअनुसार सरकारले उक्त योजना समीक्षाका लागि रणनीतिक विकास तथा राष्ट्रिय परियोजनासम्बन्धी राष्ट्रपतीय परिषदमा पेश गर्नुपर्नेछ।
आर्कटिकमा रुसको राष्ट्रिय हितको संरक्षण र त्यस क्षेत्रको समग्र विकासका लागि सरकारी निकाय, नागरिक समाजका संस्था र अन्य संगठनबीच समन्वय सुधार्नु रणनीतिको उद्देश्य रहेको तासले जनाएको छ।





