आर्मेनियालाई निष्कासन गर्ने विषय छलफलमा छैन : सीएसटीओ महासचिव

ड्रागन मिडिया समाचार कक्ष
सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) का महासचिव तालातबेक मासादिकोभले आर्मेनियालाई सङ्गठनबाट निष्कासन गर्ने विषय छलफलमा नरहेको स्पष्ट पार्दै उसको सामूहिक सुरक्षा प्रत्याभूति कायमै रहेको बताएका छन्।
रुसी समाचार संस्था तास र इभ्राजिमुत जर्नललाई शनिबार दिएको अन्तर्वार्तामा महासचिव मासादिकोभले आर्मेनियामाथि सीएसटीओको बडापत्रको धारा २५ लागू गर्ने निर्णय वित्तीय अनुशासन कायम गर्न चालिएको बाध्यात्मक कदम भएको बताए।
आर्मेनियाले सन २०२४ देखि सदस्यता शुल्क बुझाउन बन्द गरेको छ। सङ्गठनको बडापत्रअनुसार दुई वर्षभन्दा बढी सदस्यता शुल्क बक्यौता रहेमा मतदान तथा निर्धारित कोटाअन्तर्गतका पदमा उम्मेदवार मनोनयन गर्ने अधिकार सीमित गरिन्छ।
यसअघि मस्कोमा सम्पन्न सीएसटीओ सदस्य राष्ट्रका नेताहरूको शिखर बैठकले आर्मेनियाको मतदान अधिकार तथा सङ्गठनका प्रमुख पदमा प्रतिनिधि मनोनयन गर्ने अधिकार खोस्ने निर्णय गरेको थियो।
महासचिव मासादिकोभले उक्त निर्णय आर्मेनियाको सदस्यता समाप्त गर्नेसँग सम्बन्धित नरहेको स्पष्ट पार्दै सङ्गठनअन्तर्गत प्राप्त सामूहिक सुरक्षा प्रत्याभूति यथावत रहेको बताएका छन्।





