१३ मंसिर २०८३, शनिबार

युक्रेनलाई थप आर्थिक सहायता दिनुअघि युरोपेली संघको प्रस्ताव मूल्याङ्कन गर्ने हंगेरी

ड्रागन मिडिया समाचार कक्ष

हंगेरीले युक्रेनलाई थप आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा युरोपेली संघ (ईयू) को प्रस्ताव, वित्तीय शर्त र राष्ट्रिय बजेटमा पर्ने प्रभावको मूल्याङ्कनपछि आफ्नो धारणा तय गर्ने भएको छ।

हंगेरीको सत्तारूढ टिसा पार्टीका सांसद जोल्ट जुडाकले इज्भेस्तिया पत्रिकासँग कुरा गर्दै आर्थिक सहायतासम्बन्धी ठोस प्रस्ताव र त्यसको वित्तीय प्रभाव अध्ययन गरेपछि मात्रै हंगेरीले आफ्नो निर्णय लिन सक्ने बताएका छन्।

रुसी समाचार संस्था तासका अनुसार युरोपेली संघका सदस्य राष्ट्रहरूबीच सन २०२८–२०३४ को सातवर्षीय बजेटका तीन प्रमुख विषयमा सहमति जुट्न सकेको छैन।

युरोपेली कूटनीतिक श्रोतलाई उद्धृत गर्दै तासले सातवर्षीय बजेट र सन २०२७ मा युक्रेनलाई थप ४५ अर्ब युरो आर्थिक सहायता उपलब्ध गराउने प्रस्तावमाथिको वार्ता असफल भएपछि ब्रसेल्समा आयोजित ईयू शिखर बैठकको दोस्रो दिनको कार्यक्रम रद्द गरिएको जनाएको छ।

युक्रेनलाई थप आर्थिक सहायता उपलब्ध गराउने विषयमा सदस्य राष्ट्रहरूबीच वित्तीय दायित्व र बजेट व्यवस्थापनसम्बन्धी मतभेद कायमै देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button