१३ मंसिर २०८३, शनिबार

चीनद्वारा नयाँ सुदूर संवेदन उपग्रहको सफल प्रक्षेपण

ड्रागन मिडिया समाचार कक्ष

चीनले उत्तरी शान्सी प्रान्तस्थित थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार नयाँ सुदूर संवेदन उपग्रह ‘याओगान–५० ०४’ को सफल प्रक्षेपण गरेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङ समय राति ९ बजेर ५ मिनेटमा परिमार्जित ‘लङ मार्च–६’ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ।

उपग्रह मुख्यतः भूमि सर्वेक्षण, कृषि उत्पादनको पूर्वानुमान, विपद रोकथाम तथा उद्धार र राहत कार्यमा प्रयोग गरिनेछ।

यो प्रक्षेपण चीनको लङ मार्च श्रृंखलाका वाहक रकेटको ६८२औँ उडान अभियान हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button