१३ मंसिर २०८३, शनिबार

चीन र भियतनामका तटरक्षकद्वारा बेइबु खाडीमा संयुक्त गस्ती सम्पन्न

ड्रागन मिडिया समाचार कक्ष

चीन र भियतनामका तटरक्षक बलले बेइबु खाडीमा सन २०२६ को दोस्रो संयुक्त समुद्री गस्ती सम्पन्न गरेका छन्। सन २००६ देखि शुरु भएको दुई देशबीचको यस्तो संयुक्त गस्तीको यो ३१औँ श्रृंखला हो।

चिनियाँ तटरक्षक बलका अनुसार बिहीबार सम्पन्न तीनदिने संयुक्त गस्तीका क्रममा दुवै देशका समुद्री सीमारेखामा निगरानी गरिएको थियो। गस्तीका क्रममा दुवै देशका कुनै पनि माछा मार्ने डुङ्गाले समुद्री सीमा उल्लङ्घन गरेको पाइएन।

यस अवसरमा चीन–भियतनाम समुद्री कानुन कार्यान्वयन सहकार्यको २०औँ वर्षगाँठ मनाउनुका साथै संयुक्त समुद्री खोज तथा उद्धार अभ्याससमेत गरिएको सिन्ह्वाले जनाएको छ।

विगत दुई दशकमा दुई देशबीचको समुद्री कानुन कार्यान्वयनसम्बन्धी सहकार्य सामान्य सम्पर्कबाट बहुआयामिक तथा व्यापक साझेदारीमा विकसित भएको चिनियाँ तटरक्षक बलले जनाएको छ।

बेइबु खाडीमा सञ्चालित संयुक्त गस्ती दक्षिण चीन समुन्द्रमा समुद्री कानुन कार्यान्वयन सहकार्यको नमुना बनेको चिनियाँ पक्षको भनाइ छ।

यस्तो सहकार्यले मत्स्य श्रोतको संरक्षण, माछा मार्ने गतिविधिको व्यवस्थापन तथा क्षेत्रीय सुरक्षा र स्थिरता कायम गर्न रचनात्मक योगदान पुर्‍याएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button