ट्यारिफ युद्धमा कुनै पनि विजेता हुँदैन

गत बुधबार अमेरिकाले आधिकारिक रूपमा सबै आयातित स्टील र आल्मुनियममा २५ प्रतिशत कर लागू गरेको छ। यसपटक अमेरिकी राष्ट्रपतिले अन्तिम समयमा आफ्नो मन परिवर्तन गर्नुभएको छैन। मंगलबार अमेरिकी तीन प्रमुख स्टक सूचकांकमा तीव्र गिरावट आएको छ। यसको नकारात्मक प्रभाव अमेरिकाका सम्बन्धित उद्योगहरूमा अझ बढी प्रकट हुनेछ। साथै धेरै देशहरूले अमेरिका विरुद्ध प्रतिशोधात्मक कर उपायहरू अपनाएका छन् र अमेरिकामा कृषि जस्ता उद्योगहरू पनि प्रतिकूल रूपमा प्रभावित हुने अपेक्षा गरिएको छ।
अर्को महिना यदि अमेरिकाले आफ्ना राष्ट्रपतिले भनेका “पारस्परिक” शुल्कहरू लागू गरे भने बजार आतंक अझ बढ्नेछ र अमेरिकी मुद्रास्फीतिलाई चिन्ताबाट वास्तविकतामा परिणत गर्नसक्छ। अमेरिकी आर्थिक तथा वित्तीय नीति वृत्तका मानिसहरूले पनि सरकारको ट्यारिफ नीतिले अमेरिकी अर्थतन्त्रमा असर पार्ने चिन्ता व्यक्त गरेका छन्।
अमेरिकी सरकार दृढ विश्वास गर्छ कि यदि उसले अन्य देश विरुद्ध व्यापार युद्ध सुरु गर्छ भने विजेता अमेरिका हुनेछ। यही कारणले गर्दा अमेरिका “अमेरिकालाई फेरि महान बनाउने” उद्देश्यले करलाई हतियार बनाउने लतमा फसेको छ। यद्यपि हाल विश्वका विभिन्न आर्थिक समूहबीच नजिकबाट जोडिएका छन् र कुनै पनि कदमले सम्पूर्ण शरीरलाई असर गर्नसक्छ। कुनै पनि देशले “अरूलाई हानि” पुर्याएर आफ्नो “स्वार्थ” को उद्देश्य हासिल गर्न सक्दैन। “विजेता अमेरिका हुनुपर्छ” भन्ने दाबी केवल एक अवास्तविक कल्पना हो। अमेरिकाले सुरु गरेको कर युद्ध बल्ल आफ्नै अर्थतन्त्रलाई क्षति पुर्याउनेछ।
बेलायती साप्ताहिक “इकोनोमिस्ट” वेबसाइटले ११ तारिखमा एउटा लेख प्रकाशित गर्यो जसमा भनिएको थियो कि अमेरिकी उद्योग आयातित धातुहरूमा धेरै निर्भर छ र स्टील र आल्मुनियमको भन्सारले अमेरिकी उद्योगलाई ठूलो मूल्य चुकाउनुपर्नेछ। नीतिगत परिवर्तन र बढ्दो लागतको दोहोरो दबाबमा अमेरिकाका ठूलो मात्रामा आयातित स्टील र आल्मुनियम प्रयोग गर्ने धेरै डाउनस्ट्रीम उद्योगले गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। बोस्टन कन्सल्टिङ ग्रुपको एक प्रतिवेदनले नयाँ भन्सार शुल्क उपायहरूले अमेरिकी स्टील र आल्मुनियम आयातको लागत लगभग २२ अर्ब डलरले र व्युत्पन्न उत्पादनहरू (जस्तै विमानका पार्टपुर्जा) को लागत थप २९ अर्ब डलरले बढाउने देखाएको छ। पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका वरिष्ठ फेलो तथा पूर्व ट्रेजरी अधिकारी ग्यारी हफबाउरका अनुसार, अटोमोबाइल निर्माण र विद्युतीय मेसिनरी जस्ता डाउनस्ट्रीम उद्योगहरूले स्टील र आल्मुनियम उद्योगहरूको तुलनामा लगभग दश गुणा बढी कामदारहरूलाई रोजगारी दिन्छन्, अमेरिकी सरकारको स्टील र आल्मुनियम शुल्कले थोरै संख्यामा स्टील र आल्मुनियम कम्पनीहरूलाई मात्र फाइदा पुर्याउनेछ, जबकि धेरै अमेरिकी कम्पनीहरूको हितलाई हानि पुर्याउनेछ। धेरै मिडिया र विश्लेषक चिन्तित छन् कि स्टील र आल्मुनियममा शुल्क र शुल्कको धम्की जस्ता अमेरिकी नीतिहरूले अमेरिकी अर्थतन्त्रमा अराजकता र अनिश्चितता ल्याइरहेको छ जसले गर्दा लगानीकर्ता, व्यवसाय र उपभोक्ताहरूलाई योजना बनाउन गाह्रो भइरहेको छ र अमेरिकी आर्थिक मन्दीको बारेमा बजार चिन्ता कायमै छ।
अमेरिकी ट्यारिफ नीतिको विश्वव्यापी अर्थतन्त्रमा प्रणालीगत प्रभाव बिस्तारै स्पष्ट हुन केही समय लाग्नेछ। इतिहासले देखाएको छ कि ट्यारिफ युद्धमा कुनै पनि विजेता हुँदैन,यो तथ्य भविष्यमा पनि समयको परीक्षामा खडा रहनेछ। ब्ल्याकमेल, प्रभूत्व र धम्कीलाई वार्ताको माध्यमको रूपमा प्रयोग गर्ने अमेरिका अब कहिल्यै महान बन्ने छैन।
No photo description available.
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button