सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण गर्ने सहकार्यको केन्द्रित विचारधारा साझा जीत रहेको: टर्कीका यातायात मन्त्री

हालै टर्कीका यातायात र आधारभूत प्रबन्ध मन्त्री अब्दुलकादिर उरालोग्लुले चाइना मिडिया ग्रुप सीजीटीएनका सम्वाददातालाई विशेष अन्तर्वार्ता दिँदै राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण गर्ने प्रस्तावको केन्द्रित विचारधारा “साझा जीत” रहेको औँल्याउनुभएको छ। उहाँका अनुसार, यस प्रस्ताव बमोजिम टर्की र चीन दुवै देशको सहकार्यले अधिकांश वास्तविक उपलब्धि प्राप्त गरेको छ। टर्की लगायतका सम्बद्ध संलग्न मुलुकहरूले निरन्तर रूपमा चीनसित यस महान प्रस्तावको प्रारूपमा रहेका सहयोगात्मक सम्बन्धलाई अझ गहन पार्दै जान उहाँ विश्वस्त हुनुहुन्छ।
चालु वर्षको मे महिनामा उरालोग्लुले चीनको भ्रमण अवधिमा सिआन शहरमा आयोजित नवौँ रेशमी मार्ग अन्तर्राष्ट्रिय एक्स्पोमा सहभागी हुँदै टर्कीका व्यवसाय र चीनको रेलवे विभाग बीच महत्वपूर्ण सहकार्य सम्झौताको अवसरमा साक्षी बस्नुभएको थियो। उहाँले बेल्ट एण्ड रोड प्रस्तावमा सम्पन्न अनेकन् सहयोगात्मक योजनाहरूले टर्कीमा निकै ठूलो परिवर्तन ल्याएको भन्दै सो प्रस्तावको केन्द्रित विचारधारा साझा जीत रहेकोमा पनि उहाँले जोड दिनुभएको छ।





