चीनद्वारा सबै अफगानिस्तानी जनतातर्फको मैत्रीपूर्ण कुटनीतिक नीति निरन्तर रुपमा पालना

जुलाई ४ तारिख चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अफगानिस्तान सरकारले जुलाई ३ तारिख रुस तालिवान सरकारको मान्यता दिएको पहिलो मुलुक बनेकोबारे प्रतित्रकिया दिइएको छ।
प्रवक्ता माउ निङले रुस र अफगानिस्तानी अन्तरिम सरकारको सम्बन्धको नयाँ विकासलाई चीनले स्वागत गरेको र परम्परागत मैत्रीपूर्ण छिमेकीको रुपमा अफगानिस्तानलाई चीनले सधैं नै अन्तर्राष्ट्रिय समाजबाट बाहिर नराखिने ठहर लिएको कुरा बताउनुभयो।
यसैबीच माउ निङले चीनले अन्तर्राष्ट्रिय समाजलाई अफगानिस्तानी अन्तरिम सरकारसितको सम्पर्क र आदान-प्रदान बढाउन समर्थन दिएको, अफगानिस्तानलाई हिँसात्मक र आतंककारी शक्तिमाथि प्रहार गर्न र क्षेत्रीय शान्ति तथा समृद्धिका लागि सकारात्मक योगदान दिन समर्थन दिएको कुरा बताउनुभयो।
चीनले सबै अफगानिस्तानी जनतातर्फको मैत्रीपूर्ण कुटनीतिक नीतिको निरन्तर रुपमा पालना गर्ने, चीन र अफगानिस्तानको विभिन्न क्षेत्रको आदान-प्रदान र सहकार्यलाई समर्थन दिने छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button