व्याप्त वेथिती, बढ्दो सडक दुर्घटना

जीवन अनमोल छ । जीवन सजीव प्राणीहरु भएका नाताले सबैको हुन्छ । सबै जीवनहरुलाई स्वच्छन्दतापूर्वक बाँच्ने अधिकार हुन्छ । केही दिन अघि कलाकार दुर्गेश थापाले चलाएको कारले काठमाडौंको बागबजारमा एउटा कुकुर मर्दा त्यसले एउटा महत्वपूर्ण स्थान पायो अनि त्यो समाचारको रुपमा भाइरल पनि भयो । अधिकांश युट्युवमा त्यसलाई धेरैले समाचार पनि बनाए । त्यति मात्र हैन पशु अधिकारकर्मीहरुले समेत यस घटनाको निन्दा गरेको भिडियोहरु सार्वजनिक भए ।
![]() |
यो ट्रयाक्टर जसकाे कारण कात्तिक २२ मा बढैयाताल पचासामा रिमाल दम्पतीको ज्यान गएको थियो । तस्वीर : अर्जुन सुवेदी |
जीवन सबैको हुन्छ । यहाँ वर्षेनी कयौँ मानिसहरूको अकालमा ज्यान गइरहेको हुन्छ तरपनि कहिलेकाहीँ निकै विदारक घटनाहरू पनि सामान्य बनिदिन्छन् । केहीदिनपछी हराउँछन् पनि त्यस्ता घटनाहरू । दूर्घटनाहरु पनि विविध खालका हुन्छन् । यहाँ चर्चा गर्न लागिएको भने सडकमा हुने सवारी दुर्घटना हो ।
सवारी दुर्घटनाहरु विभिन्न प्रकारले हुने गर्दछन् । खासगरी नेपालमा हुने सवारी दूर्घनाहरुलाई दुई भागमा बाँड्न सकिन्छ । पहिलो त आफ्नै कारण दोस्रो भनेको अरुको कारण । यसरी हेर्दा पनि आफ्नै कारणमा खासगरी चालकको असावधानीलाई लिन सकिन्छ भने अरुको कारणमा आफू सावधानी भएर सवारी चलाउँदा चलाउँदै पनि अरुको कारण वा अन्य सवारीका कारणले पनि गम्भीर प्रकृतिका दुर्घटनाहरु हुने गर्दछन् भने प्राकृतिक घटनाहरु बाढीपहिरो, भूकम्प आदिका कारणले गर्दा पनि सडक दुर्घटनाहरु हुने गर्दछन् । हुनत सवारी साधनका यात्रामा हुने असावधानीहरुलाई धेरै किसिमले हेर्न सकिन्छ । जस्तोकि सवारीमा राखिएका सरसामानहरू तथा यात्रुहरुको लुगाकपडाहरु कहिँकतै अड्केका कारण पनि दुर्घटनाहरु हुने गरेका छन् । अर्को कारण भनेको सडको दूरावस्थाका कारणले पनि सडक दूर्घटनाहरु हुने गरेका छन् भने सडक ज्यादै राम्रो र सजिलो भएको अवस्थामा अत्याधिक आत्मविश्वास जागृत भई अनियन्त्रित गतिका कारणले पनि दुर्घटना हुने गर्दछन् ।
बर्दिया जिल्ला पनि नेपालमै सडक दुर्घटना हुने जिल्लाहरुमा उच्च स्थानमा नपर्ला भन्न सकिन्न किनकी प्रत्येक साता वा महिनामा सडक दुर्घनामा ज्यान गएका दुःखद खबरहरु मिडियामा आइरहेकै हुन्छन् । बर्दिया जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्गमा वन्यजन्तुका कारणले होस् वा अन्य कारणले होस् बेलाबखतमा सडक दुर्घटना हुने र ज्यान जाने दुःखद घटनाहरु भइरहेका हुन्छन् भने गुलरिया नेपालगञ्ज सडकखण्डमा पनि थुप्रै सडक दुर्घटनाहरु भइरहेका छन् । केही दिन अर्थात कात्तिक २२ गते साँझ करिब ८ बजेतिर बढैयाताल गाउँपालिकाको पचासामा भएको कहालीलाग्दो सडक दूर्घटनामा परी रिमाल दम्पत्तीले ज्यान गुमाए । निकै दुःखद घटना भयो । यसको कारण भने क्षमता भन्दा बढी लोडका कारणले गर्दा काठ लोड गरिएको ट्रयाक्टरमा लोड गरिएको काठमा मोटरसाइकल ठोक्किन गई दूर्घटना भएको प्रारम्भिक आँकलन थियो । सत्यतथ्य त अनुसन्धानपछि नै आउला ।
जुन दिन घटना भयो म पनि नेपालगञ्जमा भेरी साहित्य समाजको छैठौँ केन्द्रीय अधिवेशनमा सहभागी भई गुरु विष्णु प्रसाद मरासिनीसँग मोटरसाइकलमा आउँदै थियौँ । भादाको पुलबाट गुलरिया प्रवेश गर्नासाथ हामीले तीनओटा ट्रयाक्टरहरु ट्रलीको क्षमता भन्दा पनि बढी अझ ट्रलीभन्दा बाहिर नै काठ निकालेर नै भारी अस्वभाविक तरिकाले लोड भएका थिए । कताकता हामीलाई पनि केहीबेर अप्ठेरो बाटो भएकाले केहीबेर बाटो कट्नका लागि महशुस ग¥यौँ तर ती ट्रयाक्टरहरु पार भए । दुःखद तीनै ट्रयाक्टरहरुमध्ये एक ट्रयाक्टरमा रिमाल दम्पती सवार मोटरसाइकल ठोक्किन जाँदा दुःखद अनि हृदयविदार घटना भयो दुबैको अकालमा ज्यान गयो ।
![]() |
फाइल फोटो : गुगल |
यसरी सर्सती हेर्दा सडक दुर्घटनाका कारणहरुमा भार बहन क्षमता अनि भार बहनको आयनत भन्दा बढी लोड हुनु पनि प्रमुख कारण बनेको छ । साइकलमा एउटा सानो बोरा ल्याउँदा पनि प्रहरीको कडा जाँच हुने स्थानबाट क्षमताभन्दा बढी भार बोकेर कसरी त्यस्ता ट्रयाक्टर कसरी सुलुत्त छिर्छन खै ? यो त अनुत्तरीत प्रश्न नै छ । एकातिर सडकको जीर्ण अवस्था त्यसैमाथि सडकमा परेका खाल्डाखुल्डीहरु जसका कारणले गर्दा दिनानुदिन सडक दुर्घटना बढ्दो छ । अनि च्यातिएको सडकमा बाँकी रहेको धोती आकारको पिच मेरै हो भनेर अझ युवा जमातहरुको मोटरसाइकल चलाइ र अनियन्त्रित गतिका कारले गर्दा पनि सवारी दुर्घटनामा वृद्धि भइरहेको छ । अर्थात यो कुरालाई हेर्दा अधिक सवारी गति पनि दुर्घटनाको कारण हो ।
जे भएपनि वर्षेनी हुने सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरकाले पनि थुप्रै खालका सचेतामूलक कार्यक्रमहरु गर्ने गरेको छ । त्यसो त ट्राफिक प्रहरी अनि विभिन्न संघसंस्थाहरुका साथै सञ्चारक्षेत्रहरूबाट पनि सडक दुर्घना न्यूनीकरण गर्नका लागि विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन् । तर जति पनि यस्ता कार्यक्रमहरू गरिएतापनि यसको सकारात्मक प्रभाव भने कत्ति पनि देखिँदैन । त्यसैले सडकमा हुने दुर्घटना र यसबाट हुने मानवीय जोखिमलाई न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिलो कुरा त सडकको गुणस्तरमा सुधार गर्नु पर्ने देखिन्छ । अर्को कुरा सडकलाई आफ्नै घरको आँगन सम्झेर घरका सरसामानहरुका साथै निर्माणका सामग्रीहरू जस्तै : सरिया, वालुवा, गिटी थुपार्ने काम पनि बन्द गरिनु पर्दछ । त्यसैगरी सरसामानहरू ढुवानी गर्दा सवारीको क्षमता र आयतन अनुसारको गर्नु पर्दछ ।
अर्को कुरा दुर्घटनाको कारण भनेको निर्माणकार्यमा हुने ढिलासुस्ती पनि हो । पाँच सय मिटरको सडक काम शुरु गरेको दूई बर्षसम्म पनि पूरा हुँदैन अनि त्यो सडकमा भएका साविक विद्युतका पोलहरुका कारणले पनि दुर्घटनाहरू बढीरहेका छन् । केही साता अघि मात्रै गुलरियाको सन्तोषीटोलमा हटाउनुपर्ने पोल नहटाका कारण एउटा कार दुर्घटनामा परेको थियो । सडकको अवस्था के कस्तो छ भन्ने आँकलन सवारी चालकलाई हुनु पर्दछ । कहिलेकाहीँ विना सूचना सडकको संरचनामा गरिएको अचानकको परिवर्तनका कारणले गर्दा पनि सवारी दूर्घना हुने गरेका छन् । यसरी सडकको संरचना परिवर्तन गरिँदाको अवस्थामा भने केही दिनका लागि जानकारीमूलक बोर्ड राखिनु आवश्यक हुन्छ ।
त्यसैले सडक दुर्घनाको कारण ठ्याक्कै यहि हो भन्दा पनि केही कुराहरुमा भने पक्कै ध्यान जानै पर्दछ । पहिलो कुरा त सडकको अवस्थामा सुधार हो भने दोस्रो कुरा भनेको सवारी चालकको सावधानी र तेस्रो कुरा भनेकोे मालवहाक सवारी साधनहरुमा क्षमता भन्दा बढी भार बहन गर्न खोज्नु नै हो । प्राकृतिक कारणले हुने दुर्घटना बाहेक मानवीय कारणबाट हुने दुर्घटनालाई मानवकै सावधानी र सचेतना भएमा पक्कै पनि दूर्घनटना न्यूनीकरण गर्न सकिन्थ्यो ।