बाहिर नसिस्किनुहोस् : प्रहरी कार्वाहीमा पर्नुहोला !

निषेधाज्ञा प्रकरण

सोमबार बर्दियामा निषेधाज्ञाको पालना नगर्ने १ सय ३१ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको आठौँ दिनमा सोमबार अवज्ञा गरी चलाइएका ५२ साइकल, ५३ मोटरसाइकल, ५ ओटा चार पाङ्ग्रे सवारी साधन  र ११ ओओटा अटोरिक्सा सहित १ सय ३१ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।

प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गरी आफू र अरुलाई बचाउँन सबैलाई आह्वान गरेको  छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button