पूर्व प्रहरीका परिवारलाई प्रहरीकै सहयोग

जिल्ला प्रहरी कार्यालय बर्दियाले पूर्व प्रहरीका परिवारहरुलाई सहयोग प्रदान गरेको छ ।

नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७, कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धी कार्यक्रम अन्तर्गत आज जिल्ला बर्दिया बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा बसोबास गर्दै आईरहेका अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारी र अमर/ अशक्त प्रहरीका परिवारलाई सोही क्षेत्र नजिक रहेका प्रहरी ईकाईहरुबाट सहयोग गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बानियाभार, ईलाका प्रहरी कार्यालय पाताभार र ईलाका प्रहरी कार्यालय जयनगरमा बोलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उपस्थित परिवारका सदस्यहरुको वर्तमान अवस्था, गुनासाहरु, सुझावहरु सुन्नुका साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतनामुलक आवश्यक निर्देशन दिनुका साथै स्वास्थ्य सुरक्षा सामाग्री सर्जिकल मास्क र साबुनहरु बितरण गर्नु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।
साथै यो कार्यक्रमलाई बर्दिया जिल्लाका सम्पूर्ण स्थानहरुमा बसोबास गरी बसेका अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारी र अमर/अशक्त प्रहरीका परिवारलाई समेट्ने गरी जारी रहेको समेत जानकारी वहाँले दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button