तीन फरार कसुरदार पक्राउ

अपराध विविध

२०७२ चैत्र ०९ गतेको फैसला आदेशले केही सार्बजनिक अपराध मुद्दामा सम्मानित बर्दिया जिल्ला अदालतकोबाट जनही ५ हजार जरिवाना तोकिई फरार रहेका कसुरदार जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. १ बस्ने अशोक चौधरी र केशब थारुलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाको प्रहरी टोलिले शुक्रबार पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभएकाे छ ।

सम्मानित बर्दिया जिल्ला अदालतको मिति २०७७ पौष १५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेका कसुरदार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ८ बस्ने बर्ष २७ को सुमन चौधरीलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलिले मिति शुक्रबार गते पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको समेत शाहीले बताउनुभएकाे छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button