१७ लाख बढीका १५ अक्सिजन कन्सेन्ट्रेटर सहयोग

संभावित कोभिडको तेस्रो लहरकाे जोखिमलाई मध्यनजर गर्दै बर्दियाका १२ स्वास्थ्य संस्थामा १७ लाख बढी मूल्यका अक्सिजन कन्सेन्ट्रेटर वितरण गरिएको छ ।

एक्सन एड नेपाल र कमैया महिला जाजरण समाज नेपालको संयुक्त साझेदारीमा आफ्नो कार्यक्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सेन्ट्रेटर वितरण गरिएको कार्यक्रम अधिकृत जीतराम चौधरीले जानकारी दिनुभएको छ ।

१७ लाख २८ हजार ३ सय ७५ रुपै‌याबराबरका १५ सेट अक्सिजन कन्सेन्ट्रेटर बर्दिया अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सोरहवा र कोभिड अस्पताल बाँसगढीमा २/२ ओटाका दरले प्रदान गरिएकाे छ भने प्राथमिक स्वास्थ्य केन्द्र राजापुर, प्राथमिक स्वास्थ्य केन्द्र दौलतपुर, स्वास्थ्य चौकी नयाँगाउँ, स्वास्थ्य चौकी पशुपतिनगर, आधारभूत स्वास्थ्य केन्द्र बढैयाताल ५, स्वास्थ्य चौकी मैनापोखर, आधारभूत स्वास्थ्य केन्द्र बढैयाताल ७, पचासा र आधारभूत स्वास्थ्य केन्द्र बाँसगढी ४ मा भने एक/एक थान अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरिएको कार्यक्रम अधिकृत जीतराम चौधरीले समग्रनेपाललाई जानकारी दिनुभएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button