नेपाल–बङ्गलादेश विद्युत् व्यापारबारे छलफल

नेपाल र बङ्गलादेशबीच विद्युत् सम्झौताबारेमा छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबिच सेप्टेम्बर १५ तारिख आइतबार भएको भेटघाटमा सो छलफल भएको हो । भेटघाटमा ऊर्जामन्त्री खड्काले दुई देशबिच विद्युत् व्यापार सम्झौता चाँडै हुने र यसका लागि पहल भइरहेको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ ।

नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यातले दुई देशबिच विद्युत् व्यापारको ढोका खुल्ने बताउँदै उहाँले भन्नुभयो, ‘चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबिच त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने छ ।”  भेटमा राजदूत चौधरीले पनि बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बङ्गलादेशबिचको ऊर्जा सहकार्यलाई अगाडि बढाउने धारणा राख्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

मन्त्री खड्कको सचिवालयका अनुसार नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा पनि ऊर्जा आवश्यकता रहकाले दुई देशबिच ऊर्जा सहकार्य बलियो हुने धारणा मन्त्री खड्काले राख्नुभयो । आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ऊर्जाको विषयमा अझ ठोस सम्झदारीमा छलफल हुने बताउँदै मन्त्री खड्काले ठुला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनलगायतका विभिन्न महìवपूर्ण विषयमा छलफल हुने बताउनुभयो ।

सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबिच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको बताउँदै उहाँले यहाँका राजदूतावासबाट थप सहजीकरण हुनेमा विश्वास लिएको बताउनुभयो ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button