नेपालीहरूको महान चाड बडादशैंको ८ दिनमा ६ लाखले छाडे काठमाडौं

आठ दिनमा ६ लाख २२ हजार ७७८ जनाले काठमाडौं उपत्यका छोडेका छन्। घटनास्थापना (असोज १७) देखि फुलपातीको दिनसम्म ( २४) सम्म दसैं मनाउन ६ लाख २२ हजार ७७८ जना गाउँ फर्किएका हुन्। भने सोही अवधिमा ३ लाख उपत्यका भित्रिएका छन्।

 

सोही अवधिमा ९९ हजार ६३१ सवारीसाधन बाहिरिएका छन् भने ६७ हजार ७३४ सवारीसाधन भित्रिएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। तीन दिन अघिदेखि भने बाहिरिने संख्या बढिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले जानकारी दिनुभयो।

 

उहाँका अनुसार सोमबार (२१ गते) १ लाख १८ हजारले छाडेका थिए। मंगलबार ८१ हजार, बुधबार एक लाख १६ हजार २५३ जनाले उपत्यका छोडेका छन्। अघिल्ला दिनका तुलनामा सोमबारदेखि बाहिरिने सवारी साधनको चाप बढेको छ।

 

‘आज (बिहीबार) पनि बाहिरिनेको संख्या बाक्लो छ,’ डिएसपी कार्कीले भन्नुभयो, ‘८/९ लाखले उपत्यका छोड्ने अनुमान गरेका छौं।’

 

गत वर्षहरूको तुलनमा यसपटक बाहिरिनेको संख्या एकदमै कम छ। असोज १० देखि १२ गतेसम्म परेको पानीले सडकहरू अवरूद्ध भएकाले पनि यसपटक काठमाडौं उपत्यका छोड्नेको संख्या कम भएको उहाँको भनाइ छ।

 

सेतोपाटी अनलाइनका अनुसार गत वर्षहरूमा १५ देखि १८ लाख मानिसहरूले काठमाडौं उपत्यका छोड्ने गरेका थिए।

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button