पोखरा आइपुगे चिनियाँ खेलाडी

पर्यटकीय राजधानी पोखरामा शनिबार हुने चिनियाँ खेलाडी र नेपाली खेलाडीबीचको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रसक्रन्ट्रीमा सहभागी हुन एक सय ३४ जनाको चिनियाँ टोली बिहीबार पोखरा पुगेको छ। चार्टर्ड प्लेनमा चीनको खुनमिङबाट पोखरा पुगेको छ। टोलीमा ६४ जना धावक र अफिसियल गरी एक सय ३४ जना छन्।

 

रन फर कमन प्रोसप्रेरिटी भन्ने नाराका साथ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री आयोजना हुन लागेको हो। पर्यटन प्रवर्धनका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्‍याउने र नेपाल–चीन सम्बन्धलाई थप सृदृढ बनाउने उद्देश्यले प्रतियोगिता अयोजना गरिएको मिडिया संयोजक प्रतिक राजपहारीले जानकारी दिनुभयो।

 

प्रतियोगिताअन्तर्गत ५० किलोमिटर दुरीको टिम समूह दौड (ट्रेल रनिङ, साइकलिङ र रोइङ) मा १७ नेपाली र चार चिनियाँ गरी २१ टिम छन्। यसैगरी च्यालेन्ज इडिभिजुअल दौड ५० किलोमिटरमा एक सय नेपाली र ५२ चिनियाँ खेलाडी सहभागी रहने पहारीले बताए। विद्याथी दौड र ह्याप्पी रन दौडसमेत गरी १२ सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ।

 

५० किलोमिटर दौडमा रनिङ, साइक्लिङ र बोटिङ हुनेछ। तीन जना सहभागी हुने प्रतिस्पर्धामा कम्तीमा एक जना महिला अनिर्वाय हुनु पर्नेछ।  फेवाताल किनारबाट सुरु हुने दौड छोरेपाटनबाट फुस्रे खोलासम्म पुग्नेछ। त्यसपछि रामदी, फेदीखोला हुँदै कुबिन्डेसम्म साइक्लिन र त्यसपछि दौडेर शान्ति स्तुप हुँदै फेवाताल पुगेर डुंगा दौड्याउँदै बाराही घाट पुग्नु पर्नेछ।

 

प्रतियोगिता सञ्चालन गर्न कुल ६ करोड रुपैया लाग्ने आयोजक संस्था हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो। यसमध्ये एक करोड रुपैयाँ स्थानीय आयोजक र बाँकी चिनियाँ पक्षले बेहोर्ने अन्नपूर्णपोस्टले लेखेको छ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button