रुस युक्रेन द्वन्द्वको समाधान गर्न चिनियाँ प्रतिनिधिद्वारा तीन बूँदे प्रस्ताव

मे २९ तारिख संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले युक्रेन समस्यासम्बन्धी खुला बैठकको आयोजना गरेर रुस र युक्रेनलाई अविलम्ब युद्ध विराम गर्न ताकिता गर्नुका साथै मानवीय उद्धार वृद्धि गर्न अन्तर्राष्ट्रिय समाजलाई आह्वान गरेको छ। चिनियाँ प्रतिनिधि कङ श्वाङले युक्रेन समस्या द्वन्द्वले गर्दा झनै जटिल बनेको र यसको समाधान गर्न पनि समय लागेको भन्दै चीनले द्वन्द्व समाधान गर्न तीन बूँदे प्रस्ताव प्रस्तुत गरेको बताउनुभएको छ।
पहिलो,द्वन्द्वका दुई पक्षले वार्ता कायम राखेर एउटा समान र लामो समय जारी रहने र दुवै पक्षले स्वीकार गरेको शान्तिपूर्ण सन्धिमार्फत् राजनैतिक तरिकाबाट द्वन्दको समाधान खोज्नुपर्नेछ। दोस्रो,द्वन्द्वका दुई पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ र कुनै पनि परिस्थितिमा सर्वसाधारण र नागरिक पूर्वाधार निर्माणमाथि प्रहार गर्नुबाट जोगिनुपर्नेछ। तेस्रो,अन्तर्राष्ट्रिय समाजले अझ बढी युद्ध विराम गर्ने तर्कसंगत आवाज उठाएर राजनैतिक तरिकाबाट उक्त द्वन्द्वको समाधान गर्न सक्रिय वातावरण र सक्दो मद्दत गर्नुपर्नेछ।