समृद्धिका लागि दौड आवश्यक रहेको पर्यटनमन्त्रीको भनाइ, पोखरामा प्रतियोगिता सुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समग्र समृद्धिका लागि दौड आवश्यक रहेको बताउनुभएको छ। तेस्रो ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले यस प्रतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध झन प्रगाढ हुने बताउनुभयो। चीन र नेपालबीच २०२५ मा पर्यटन वर्ष मनाउने सहमति भएको भन्दै मन्त्री पाण्डेले नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक विविधतामा भरपुर मनोरञ्जन लिँदै खेलमा सहभागी हुने अवसर प्राप्त भएको बताउनुभयो।

 

कान्तिपुर अनलाइनका अनुसार पोखरा अन्तर्राष्ट्रय विमानस्थलमा उहाँले चीनका सहरमात्र नभई विभिन्न राष्ट्रका सहरबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिनुभयो। चीन सरकारले आज नै ७२ लाख बराबरको खेलकुद सामाग्री सहयोग गरेको छ ।

 

नेपालका लागि चिनियाँ राजदूत छन सोङले खेलकुद र सांस्कृतिक सहकार्य गर्न चिनियाँ राष्ट्रपतिले नै पहल गरेको बताउँदै भ्रमण वर्ष २०२५ लाई पनि भव्य बनाइने बताउनुभयो। आगामी वर्ष नेपाल र चीनको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्ने उहाँले स्मरण गर्नुभयो।

यसैबीच अनलाइनखबरका अनुसार पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी भएका छन् । प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली  लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३१९  पोखरा आएको थियो । प्रतियोगितामा चिनियाँ धावकसहित एक हजार २०० भन्दा बढी सहभागी बनेको मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिनुभयो। खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा सुरु भएको हो।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button