चीनसँगको चार वर्षे विकास योजना स्वीकृत : यस्तो छ सहयोग

सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि २०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आइतवार बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो।

उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । उहाँका अनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षाविज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय भएको छ ।

सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्नेउक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्नेप्रस्तावित ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्नेउक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तैसार्वजनिक सेवा प्रशारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारी पत्र स्वीकृत गर्नेउक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिनेसहसचिव प्राविधिकतर्फको रामप्रसाद घिमिरेलाई सचिव प्राविधिक पदमा बढुवा गर्नेस्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सम्बन्धित सबैलाई सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ।

गोरखापत्र अनलाइनका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रमा काठमाडौं रिङरोडअरनीको हाइवेहिल्सासिमिकोटआइसिडीआईसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण गर्ने बारेमा पनि सहमति गर्ने बताउनुभयो।

टोखाखहरे टनेल मार्गजिलुङकेरुङकाठमाडौं क्रस बोर्डर रेल्वे प्राजेक्टको अध्ययनखाँदबारीकिमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउनेचोभारमा मल्टीफङ्सनल क्वारेन्टाइन ल्याब्रेटरी इन काठमाडौंइन एग्रिकल्चर इन्स्ट्रक्चर डेभलपमेण्ट पार्ककोरलामा इण्डस्ट्रियल जोन बनाउने बारेमा पनि सहमति गर्ने बताउनुभयो । उहाँले अबबाट विपी कोइराला क्यान्सर अस्पतालचितवनमा बोर्नम्यारो प्रत्यारोपण सेवा शुरु गर्नेमा समझदारी हुने बताउनुभयो । बिआरआईमा भएका कुराहरुको कामहरु कसरी गर्ने भनेर प्रोजेक्ट प्रोग्राम बनार्इ अघि बढाउने निर्णय भएको बताउनुभयो ।

चीनले सयवटा विद्युतीय गाडीसयवटा प्रहरी भ्यान५० वटा स्कुल भ्यान५० वटा एम्बुलेन्स दिने बताएको जानकारी उहाँले दिनुभयो । विकासका योजनाहरु ५ वर्षभित्र गर्नेगरी सम्झौता हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन भ्रमणलाई लिएर नेपालमा धेरै विवाद सिर्जना गरिएको बताउनुभयो । नेपालको इतिहासमा पहिलो पटक मूल धारका राजनीतिक दलहरुको बीचमा देश र जनताको हितमा कसरी परराष्ट्र सम्बन्ध बिस्तार गर्ने भन्नेबारेमा राष्ट्रिय सहमति कायम भएको बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button