‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा

संस्कृतिपर्यटन तथा नागरिक उड्यान मन्त्रालयचिनियाँ राजदूतावासभक्तपुर नगरपालिका  नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भएको छ।भक्तपुर दरबारस्क्वायमा आज आयोजित कार्यक्रममा ऊर्जाजलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का  नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गरेको हाम्राकुरा डटकमले जनाएको छ

कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताउँदै दुई देशबीच आर्थिकसामाजिक  राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने उल्लेख गर्नुभयो।

 

अहिले सुरु गरिएको भ्रमण वर्षले नेपाल  चीनबीच पर्यटनऊर्जा  कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गर्नुभयो।

 

पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम भइरहेकाका छन्उहाँले भन्नुभयो, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल  अन्य आन्तरिक विमानस्थलको स्तरोन्नति  विस्तार कार्य भइरहेको  

 

नेपालको सामाजिकआर्थिक विकासमा पर्यटन क्षेत्रको सम्धावना  महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खड्काले जानकारी दिनुभयो।

नेपालका लागि चिनियाँ राजदूत छन सुङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताउनुभयो  नेपाल  चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै छनले नेपालचीनबीच युवाशिक्षासंस्कृतिपर्यटनलगायत क्षेत्रमा भइरहेका सहकार्यलाई सुदृढ गर्नेमानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने  पुस्तौँपुस्तादेखिको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको उल्लेख गर्नुभयो।

 

दुई देशबीच भएका सहमति कार्यान्वयनको सिलसिलामा भ्रमण वर्ष २०२५ आयोजना गरिएको राजदूत सङले बताउनुभयो।

 

नेपाल  चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नुदुई देशबीचको पर्यटन क्षेत्रमा भएका सहकार्यलाई थप उचाइमा पुर्याउन  दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउन नेपाल पर्यटन वर्ष २०२५ आयोजना गरिएको राजदूत सङको भनाइ थियो 

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपालचीनबीच दौत्य सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीनले नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५’ सफल पार्न सबैको सहयोग  समन्वय आवश्यक पर्ने बताउनुभयो।

 

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको भन्दै भ्रमण  वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button